जिल्ला निर्वाचन कार्यालय नहटाउने मुद्दामा हामी विपक्षीसँगै छौं : कांग्रेस प्रमुख सचेतक

नेपालबहस संवाददाता
असार १२, २०८० मंगलबार १३:४:५०

१२ असार, काठमाडौं । सरकारका मुख्य घटक नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जिल्ला निर्वाचन कार्यालय खारेज नगर्ने पक्षमा रहेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठक सुरुलगत्तै विपक्षी दलका सांसदहरुले कार्यालय खारेज गर्ने सरकारले निर्णय फिर्ता लिन माग गर्दै बैठक अवरुद्ध गरेपछि लेखकले नेपाली कांग्रेस पनि कार्यालय खारेज गर्न नहुने पक्षमा अडिग रहेको बताए । खारेजीविरुद्धको मुद्दामा कांग्रेस विपक्षी दलहरुसँगै रहेको बताए ।
विपक्षी दल एमालेका प्रमुख सचेतक पदम गिरी, सांसद सूर्य थापा, रास्वपाका संसदीय दलका नेता रबि लामिछाने र प्रमुख सचेतक सन्तोष परियारले जिल्ला निर्वाचन खारेज गरी सीडीओ कार्यालयभित्र ईकाइ राखेर निर्वाचन कार्यक्रम संचालन गर्ने भनी अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमा घोषणा गरेकाे खारेजी निर्णय फिर्ताको माग गरेका थिए ।
माग गर्दै कुर्सीबाट उठेर बैठक सुरुवाती चरणमै अवरुद्ध पारेपछि सत्ता पक्षका ठूला दल कांग्रेसका प्रसे लेखकले निर्वाचन आयोगले बोलाएको बैठकमा आफूले कार्यालय खारेज नगर्ने निर्णयमा हस्ताक्षर गरेको स्मरण गराउँदै बैठक चल्ने दिनुपर्ने बताए । आफूले कार्यालय खारेज गरी जिप्रकामा गाभ्न नहुने विषयमा अर्थमन्त्री महतसँग भइसकेको र त्यही लाइनमा बैठकमा मन्त्री महतले जवाफ दिने बताए ।
कांग्रेस जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने पक्षमा कदापि उभिन नसक्ने विषयमा विपक्षी दलहरुसँगै रहेको प्रतिबद्धता जनाए । विपक्षी सांसदहरूकाे विराेधका कारण सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गरेका बैठक अहिले सुचारू भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री राणा र राष्ट्र संघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकबीच भेटवार्ता
फागुन १४, २०८१ बुधबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
परराष्ट्रमन्त्री राणा र राष्ट्र संघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकबीच भेटवार्ता
फागुन १४, २०८१ बुधबार
शिवरात्रिमा पानीको बहाव बढाउन मेलम्चीलाई वाग्मतीमा छाडियो
फागुन १४, २०८१ बुधबार
अशोक शर्माको फिल्म 'डबल ट्रिपल' अर्को इतिहास रच्ने गरी आउने तयारीमा
फागुन १४, २०८१ बुधबार
विक्की कौशलको पाँच सय करोड कमाउने पहिलो फिल्म बन्यो 'छावा'
फागुन १४, २०८१ बुधबार