कुमारी बैंक लिमिटेड र यूएसएड ट्रेडबीच सम्झौता, तीन वर्षसम्म सहकार्य गर्न दुबै सहमत
नेपालबहस संवाददाता
असार १२, २०८० मंगलबार १३:२८:२८
१२ असार, काठमाडौं । कुमारी बैंक लिमिटेड तथा यूएसएड ट्रेड एण्ड कम्पेटिटिभनेसबीच सहकार्य गर्ने सम्झौता भएको छ । सहकार्यसम्बन्धी सम्झौतापत्र 'एओसी' मा विभिन्न गतिविधिमा तीन वर्षसम्म प्रभावकारी सहकार्य गर्न दुबै संस्था सहमत भएका हुन् ।
सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल तथा यूएसएड ट्रेड एण्ड कम्पेटिटिभनेसका चिफ अफ पार्टी अग्निज लुजले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार बैंकको एएमइज र एमएसएमइज क्षेत्रमा वित्तीय पहुँच र नवीन समाधानको विकास गर्न यूएसएड ट्रेड एण्ड कम्पेटिटिभनेसले प्राविधिक विज्ञता उपलब्ध गराउने छ । बैंकले भने वित्तीय तयारीका साथ व्यापार समाधानको अनुकूल प्याकेज आफ्ना शाखा र अनलाइन माध्यमबाट उपलब्ध गराउने छ ।
यो योजनाअन्तर्गत बैंकले आर्थिक वर्ष २०८०/८१ मा १० हजार नयाँ एसएमइज र एमएसएमइजलाई ‘बैंकिङरक्रेडिट रेडी’ एसएमइज तथा एमएसएमई सहयोग उपलब्ध गराउने लक्ष्य राखेको छ ।
यसका साथै यो कार्यक्रममार्फत १ हजार योग्य महिला उद्यमीको पहिचान गरी कर्जा सुविधा पनि प्रदान गरिने बैंकले जनाएको छ ।
कोभिड–१९ महामारीबाट पुनरुउत्थान हुँदै गरेको नेपालको अर्थतन्त्रलाई वृद्धिको नयाँ बाटोमा लैजाने उद्देश्य ५ वर्षे गतिविधिका रुपमा यूएसएड ट्रेड एन्ड कम्पेटिटिभनेस कार्यक्रम आएको हो ।
विगत दुई दशकदेखि कुमारी बैंकले आफ्ना ग्राहकलाई नवीनतम तथा प्रभावकारी सेवा–सुविधा प्रदान गर्दै आएको छ । बैंकले आफ्ना ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु जस्तै– इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ सेवा उपलब्ध गराएउँदै आएको छ ।
देशभर रहेका ३२० शाखा, ४८ वटा एक्सटेन्सन काउन्ट, ६३ शाखारहित बैंकिङ इकाइ र २९६ वटा एटीएममार्फत बैंकले बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार