काठमाडौंको जोपाटीमा सानो बजारमा कुमारी बैंककाे क्यूआर सुविधा
नेपालबहस संवाददाता
असार १२, २०८० मंगलबार १३:४६:१
१२ असार, काठमाडाैं । काठमाडौंको जोपाटीमा सानो बजारको उद्घाटन गरिएको छ। सानो बजारको उद्घाटन समारोहमा प्रतिनिधिसभाका सदस्यहरू सन्तोष चालिसे, शान्ति श्रेष्ठ, गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक कुमार रिसाल, उपप्रमुख सान्नानी लामा, वडा– ५ का प्रमुख नारायण बहादुर सुवेदी, वडा– ६ का प्रमुख नवराज लामा, पूर्वसंघीय सांसद कृष्ण राई, तथा कुमारी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश अर्याललगायत स्थानिय व्यवसायीको उपस्थिति रहेको थियो।
स्थानीय ग्राहकहरूको दैनिक आवश्यकीय सामग्री तथा वस्तुहरू एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले साना–साना विक्रेतालाई एकीकृत गरी सानो बजारको निर्माण गरिएको हो। यसलाई टेवा पु¥याउनका साथै कारोबारलाई थप व्यवस्थित गर्न कुमारी बैंक लिमिटेडले यस सानो बजारका व्यवसायीहरूका लागि क्यूआर सुविधा ल्याएको छ ।
आफ्नो मोबाइल फोनबाटै सहज रूपले भुक्तानी गर्न सकिने यस क्यूआर सुविधा सानो बजारको लागि सहज कारोबारको विकल्प बन्ने कुरामा बैंक विश्वस्त छ।
यसै क्यूआर सुविधालाई टेवा पुर्याउन र डिजिटल प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्नका लागि कुमारी बैंकले सानो बजारमा निःशुल्क इन्टरने सुविधा पनि उपलब्ध गराएको छ। साथै बैंकले विक्रेताको सुरक्षाका लागि सानो बजारमा सिसी क्यामेराको पनि व्यवस्था गरेको छ।
विगत २२ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभरि रहेका ३ सय २ शाखा, ४८ एक्सटेन्सन काउन्टर, २९६ एटिएम तथा ६३ शाखासहित बैंकिङ इकाईसहितका सञ्जालमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्रीले बोलाए मन्त्री र सचिवहरुको संयुक्त बैठक
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
एकै पटक तीन पुरी खाएका बालकको तत्कालै मृत्यु, भयो हंगामा !
मंसिर १२, २०८१ बुधबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार