मन्त्री किरातीलाई स्पष्टीकरण नदिने पक्षमा उड्डययन प्राधिकरणका महानिर्देशक
नेपालबहस संवाददाता
असार १२, २०८० मंगलबार १३:५६:५५
१२ असार, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सोधेको स्पष्टीकरणपत्र जवाफ नदिने पक्षमा उभिएका छन् ।
अधिकारीको कामकारवाही र जिम्मेवारी निर्वाह तथा निर्देशन पालनामा गैरजिम्मेवार बनेको भन्दै मन्त्री किरातीले सोमबार ९ बुँदे प्रश्नसहित स्पष्टीकरणपत्र काटेका थिए ।
मन्त्री किरातीले आफूलाई ‘अति जरुरी र गोप्य’ भनेर पठाइएकाे पत्र सामाजिक सञ्जालमा मन्त्री आफैंले सार्वजनिक गरेको भन्दै स्पष्टीकरण नदिने बताएका छन् । उनले आफू परेको फेस गर्ने तर स्पष्टीकरण नदिने प्रतिक्रिया दिएका छन् । उनले पत्र सार्वजनिक गरिनु राष्ट्रिय सुरक्षा नीति विपरीत रहेको तर्क गरेका छन् ।
अधिकारीमाथि मन्त्रीले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सुचारु गर्न नसकेको, उड्डयन सुरक्षालाई प्रभावकारी बनाउन नसकेको, उडान सुरक्षामा लापरबाही गरेको र राज्यले सुम्पेको जिम्मेवारी र दिएको निर्देशन बहन नगरी गैरजिम्मेवार रुपमा प्रस्तुत भएको लगायत विषयमा स्पष्टीकरण सोधेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार