अनलाइनमार्फत सट्टाबाजी खेलाएको आरोपमा चार जना पक्राउ
नेपालबहस संवाददाता
असार १२, २०८० मंगलबार १५:१०:२४
१२ असार, काठमाडौं । विभिन्न अनलाइन ग्याम्बलिङर अनलाइन क्यासिनो गेमहरूमा अनलाइनमार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टेबाजी गराई खेल खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका-९ घर भई हाल काठमाडौं महानगरपालिका-१४ कंलकी बस्ने २४ वर्षीय राजा चौधरी, बारा जितपुर सिमरा उपमहानगरपालिका-८ घर भई हाल काठमाडौं महानगरपालिका-१४ कंलकी बस्ने २५ वर्षीय विवेक चौधरी, काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने २५ वर्षीय रितेन्द्र प्रधान र नवलपरासी त्रिवेणी सुस्ता गाउँपालिका-२ कुरिया घर भई हाल काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने २४ वर्षीया आशा गुरुङ रहेका छन् ।
राजा चौधरी समेतका व्यक्तिहरूले सट्टावाजी खेल खेलाउने गरेको भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
उनीहरूले आफ्नो मोबाइलमा इन्स्टल भएको २ एकाउन्टस् भन्ने एप्लिकेसन मार्फत विभिन्न अनलाइन ग्याम्बलिङ प्लेटफर्मको प्रयोग गरी अनलाइन क्यासिनो गेमहरूमा रकमको बाजी लगाई सट्टाबाजी गराई खेल खेलाउने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरूलाई आवश्यक कारबाही एवं अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार