बजेट पास गर्न सांसदहरूलाई माओवादी केन्द्रको ह्वीप

नेपालबहस संवाददाता
असार १२, २०८० मंगलबार १६:१:५९

१२ असार, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)ले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट पास गर्न आफ्ना सांसदहरूलाई हवीप जारी गरेको ।
मंगलबार नै माओवादी मुख्य सचेत हितराज पाण्डेले आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थित हुन र नेपाल सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक (वार्षिक बजेट)को पक्षमा मतदान गर्न पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डको निर्देशन अनुसार ह्वीप जारी गरिएको उनले जनाएका छन् ।
‘प्रस्तुत विषयमा भोलि २०८० असार १३ गते बुधबार आ।व। २०८०/०८१ को विनियोजन विधेयक (वार्षिक बजेटको विनियोजन कार्यक्रम) निर्णयार्थ प्रतिनिधि सभाको बैठकमा प्रस्तुत हुने कार्यक्रम रहेको छ। त्यसैले भोलि असार १३ गतेको प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन र नेपाल सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक (वार्षिक बजेट)को पक्षमा मतदान गर्नको लागि हाम्रो दलको विधानको व्यवस्था र दल नेता एवं सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन अनुसार यो निर्देशन (ह्वीप) जारी गरिएको व्यहोरा अनुरोध छ’ विज्ञिप्तमा उल्लेख छ ।
प्रतिनिधिसभा (संसद)मा माओवादी केन्द्रका ३२ सांसद छन् । संसदमा याे दल तेस्राे शक्ति रहेकाे छ । ८८ मत रहेकाे कांग्रेससँग ८८ र दाेस्राे दल एमालेसँग ७८ सांसद छन् । कांग्रेस र एमालेका एक एक सांसद पद रिक्त रहेकाे छ ।
यसअघि मंगलबार नै सरकार मुख्य घटक नेपाली कांग्रेसले पनि आफ्ना सांसदहरुलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप लगाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री राणा र राष्ट्र संघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकबीच भेटवार्ता
फागुन १४, २०८१ बुधबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
कैदी सम्झौतापछि गाजाबारे दोस्रो चरणको युद्धविराम वार्ता पुनः सुरु
फागुन १४, २०८१ बुधबार
रश्मिका मन्दनाका तीन फिल्मले कमायो तीन हजार एक सय ६५ करोड
फागुन १४, २०८१ बुधबार
परराष्ट्रमन्त्री राणा र राष्ट्र संघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकबीच भेटवार्ता
फागुन १४, २०८१ बुधबार
शिवरात्रिमा पानीको बहाव बढाउन मेलम्चीलाई वाग्मतीमा छाडियो
फागुन १४, २०८१ बुधबार
अशोक शर्माको फिल्म 'डबल ट्रिपल' अर्को इतिहास रच्ने गरी आउने तयारीमा
फागुन १४, २०८१ बुधबार