अछामका विद्यार्थीलाई दिवा खाजा सरकारले नै खुवाउने, सेनिटरी प्याड वितरण गर्न निर्देशिका ल्याइँदै
साक्षरता प्रतिशत ७६ दशमलब ४३ पुगेकाे जानकारी
नेपालबहस संवाददाता
असार १२, २०८० मंगलबार १६:३०:२१
१२ असार, काठमाडौं । अछाम जिल्लाका सामुदायिक विद्यालयका विद्यार्थीलाई दिवा खाजा सरकारले नै खुवाउने भएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोकुमार राईले सांसदहरुले मन्त्रालयमाथिको आगामी आवका लागि विनियोजित बजेटमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा यस्तो जानकारी दिएका हुन् ।
अछाममा हालसम्म विश्व खाद्य कार्यक्रमअन्तर्गत वस्तुगत रुपमा उप्लब्ध गराइने सहयोग रकममार्फत दिवा खाजा संचालन गर्दै आइरहेको थियो । मन्त्री राईले आउँदो आर्थिक वर्ष २०८०/८१ बाट सरकार आफ्नै बजेटबाट दिवा खाजा खुवाउने व्यवस्था गरिएको जानकारी दिए ।
साथै मन्त्री राईले देशभरका सामुदायिक विद्यालयमा खुवाइने दिवा खाजामा स्थानीय स्तरमा उत्पादित र उप्लब्ध हुने कृषि उपज प्रयोग गर्न जोड दिइएको बताए । यसनिम्ति स्थानीय तहसँग सहकार्य गर्ने नीति लिएको बताए ।
साथै सामुदायिक विद्यालयमा निःशुल्क रुपमा वितरण गरिँदै आएको छात्राहरुलाई स्यानेटरी प्याड सुव्यस्थित र लक्षित ठाउँमा पु्र्याउन सरकारले निर्देशिका ल्याउने तयारी गरिरहेको जानकारी दिए । यसअघि भएका मन्त्रालयमाथिको विनियोजित बजेट शीर्षक छलफलमा सांसदहरुले छात्राहलाई वितरण गरिने स्यानेटरी प्याड कम गुणस्तरका रहेको र बिचौलियाले बजारमा बिक्री गरेको भन्दै प्रश्न उठाएका थिए ।
उनले हाल मुलुकको साक्षरता प्रतिशत ७६ प्रतिशत रहेको ३६३ स्थानीय तह साक्षरताको सूचीमा रहेको जानकारी दिए ।
यही असार मसान्तभित्र कर्णाली र मधेश प्रदेशका १७२ तहले साक्षर घोषणा गर्ने तयारी गरिरहेको बताए । विद्यार्थीलाई ‘पढ्दै, सिक्दै’, ‘पढ्दै कमाउँदै’ नारालाई व्यवहारमा उतार्ने योजना कार्यान्वयनमा लैजाने तयारी भइरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
भारत सरकारको सहयोगमा निर्मित क्याम्पस र छात्रावास भवन हस्तान्तरण
पुष २२, २०८१ सोमबार
अब नर्सिङ कार्यक्रम लागू भएका विद्यालयमा स्वास्थ्य दूत नियुक्त गरिने
पुष १८, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
माघ ३, २०८१ बिहिबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार