भ्रष्टाचारविरुद्ध शुद्धिकरण र सर्भिसिङ सुरु भएको छ, सदन र जनताको समर्थन चाहियो : प्रधानमन्त्री प्रचण्ड

नेपालबहस संवाददाता
असार १३, २०८० बुधबार १२:५६:२३

१३ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ने नेतृत्वको सरकारले भ्रष्टाचार र विभिन्न खण्डकालका काण्डविरुद्ध शुद्धिकरण र सर्भिसिङ अभियान सुरु भएको बताएका छन् ।
सांसदहरुले राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री, राष्ट्रपति र उपराष्ट्रपति कार्यालयमाथि आव २०८०/८१ मा विनियोजित बजेटमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रतिनिधिसभाको बुधबारको बैठकमा जवाफ दिँदै कुनैपनि कालखण्डका भ्रष्टाचार काण्डमा संलग्नमाथि कारवाही अभियान सुरु भएको बताए ।
बजारका कालो बजारी चलाउने बिचौलियालाई शून्यमा झार्ने नीतिअनुरुप अभियान थालेको बताए । हरेक काण्डको छानबिन र दोषीलाई कानूनको दायरामा ल्याएर छाड्ने बताए । अभियानमा सदन र जनताको सहयोग थप जरुरी भएको उनको भनाइ छ ।
उनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको जग्गा निल्न खोज्नेहरुलाई कारवाहीको दायरामा ल्याउने काम सुरु भएको उनले बताए । प्रधानमन्त्री निवासको ११२ रोपनी जग्गा विभिन्न कालखण्डमा कीर्ते कागजात बनाएर व्यक्तिको नाममा गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भाटभटनीका सांचालन मिनबहादुर गुरुङसहित ७ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।
साथै प्रधानमन्त्री प्रचण्डले सहकारीका बचतकर्ता हिनामिन गर्नेदेखि मिटरब्याज चलाउनेमाथि कढा कारवाही गर्न सरकार प्रतिवद्ध रहेको जानकारी दिए । कारवाहीको दायरामा ल्याउने काम भइरहेको जानकारी दिए ।
भक्तपुरमा केन्द्रीय कार्यालय राखेर धनगडी, सुर्खेत लगायत जिल्लामा शाखा खोलेर बचतकर्ता १४ अर्ब भन्दा बढी रकम हिनामिनाको आरोपमा शिवशिखर बहुउद्देश्यीय सहकारीका केदाननाथ शर्मालाई भारतबाट यही सोमबार पक्राउ गरी नेपाल ल्याएर अनुसन्धान गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री राणा र राष्ट्र संघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकबीच भेटवार्ता
फागुन १४, २०८१ बुधबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
परराष्ट्रमन्त्री राणा र राष्ट्र संघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकबीच भेटवार्ता
फागुन १४, २०८१ बुधबार
शिवरात्रिमा पानीको बहाव बढाउन मेलम्चीलाई वाग्मतीमा छाडियो
फागुन १४, २०८१ बुधबार
अशोक शर्माको फिल्म 'डबल ट्रिपल' अर्को इतिहास रच्ने गरी आउने तयारीमा
फागुन १४, २०८१ बुधबार
विक्की कौशलको पाँच सय करोड कमाउने पहिलो फिल्म बन्यो 'छावा'
फागुन १४, २०८१ बुधबार