युवालाई भ्रमित बनाएर राजनीतिमा वितृष्णा फैलाउने काम भइरहेको छ, यो राज्यका लागि हितकर छैनः प्रधानमन्त्री
नेपालबहस संवाददाता
असार १३, २०८० बुधबार १२:५७:४१
१३ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको राजनीतिक व्यवस्था र सरकारले गरेका कामप्रति युवाहरूलाई भ्रमित बनाएर देशमा वितृष्णा फैलाउने काम भइरहेको बताएका छन् । उनले नयाँ पुस्तालाई लोकतन्त्रबाट दिग्भ्रमित पार्न खोजिएको बताएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका कार्यालयको विनियोजनमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले अहिलेको भन्दा पनि विगतकै शासन व्यवस्था राम्रो थियो भन्ने भ्रम आजको युवा पुस्तामा पार्न खोजिएको बताए ।
युवाहरूलाई लोकतन्त्रप्रति नै लगावमा राख्ने काम सबैको रहेको बताए । २०६२/०६३ को व्यवस्था परिवर्तनपछिको पुस्ता अहिले सामाजिक सञ्जालमा सक्रिय रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले उक्त पुस्तालाई लोकतन्त्रप्रति दिग्भ्रमित पार्ने कार्यमा गिरोह नै लागेको बताए ।
मुलुकबाट राजतन्त्रलाई बिदा गरेर लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि जनताको जीवनस्तरमा आएको परिवर्तनलाई बिर्साउन खोजिएको प्रधानमन्त्रीको भनाइ छ । ’२० वर्षअघि र आजको जनताको जीवनस्तरमा आएको परिवर्तनलाई बिर्साउन खोजिँदैछ,’ उनले भने । उनले सुशासनको समस्याका कारणले गर्दा पनि यस्तो भाष्यलाई सहयोगी बनेको उनले बताए । लोकतन्त्रको सुदृढीकरण गर्दै अगाडि बढ्न पनि उनले सबैलाई आग्रह गरेका छन् ।
त्यस्तै, प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालले राष्ट्रका प्राथमिकतालाई विषयान्तर गरिरहेको भान भइरहेको बताएका छन् । उनले भने, ’कतै हामीबीच विषय विज्ञता, ज्ञान र विवेकभन्दा निन्दाबाजी र आवेग त हाबी हुँदै गएको छैन ?’
जनताका मुद्दा समाधान गर्ने भन्दा पनि सस्तो लोकप्रियताका विषय उठानले जनतामा निराशा फैलाउने काम गरिरहेको त छैन भन्ने विषयमा गम्भीर बन्न प्रधानमन्त्री दाहालले सांसदहरूलाई आग्रह गरेका थिए । ’कतै हाम्रै कारणले राजनीतिको चरित्र, चित्र कमजोर पार्ने गरिरहेका त छैनौं ? लोकतन्त्र भावनात्मक आधारले मात्रै सुदृढ हुँदैन,’ उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
गुप्तेश्वर महादेव मन्दिर संरक्षणमा स्थानीय सरकार
पुष १९, २०८१ शुक्रबार
किम जोङकी बहिनी देखिइन् सन्तानसँग पहिलो पटक
पुष १९, २०८१ शुक्रबार
नेपाल धानमा पनि परनिर्भर बन्दै, वीरगञ्जबाट ५ महिनामा ३ अर्ब बढीको धान आयात
पुष १९, २०८१ शुक्रबार
मुगुमा ४.४ रिक्टर स्केलको भूकम्प
पुष १९, २०८१ शुक्रबार
विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग
पुष १९, २०८१ शुक्रबार