बेहुली पक्षकाे उजुरीमा बेहुला विवाहमण्डपबाटै पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८० बुधबार १४:१७:७
१३ असार, काठमाडौं । दाइजोको प्रस्ताव राखेर बेहुलीसँग विवाह गर्न नमानेको आरोपमा प्रहरीले बेहुलालाई पक्राउ गरेको छ ।
बेहुलाले बेहुली पक्षसँग ५० लाख रुपैयाँ दाइजो मागेका थिए । दाइजो नपाएको भन्दै विवाह नगर्ने बताएपछि सुनसरीको दुहबी नगरपालिका–६ घर भई हाल काठमाडौंको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियार काठमाडौंको एक पार्टी प्यालेसमा तयार पारिएको विवाह मण्डपबाट काठमाडौं प्रहरीले पक्राउ गरेको हो ।
अमेरिकाको ग्रिनकार्ड प्राप्त रौनियारको यही असार १२ गते बुधबार काठमाडौंको नक्शालस्थित लिसेरा रिसेप्सन पार्टी प्यालेसमा विवाह हुँदै थियो । राैनियारविरूद्ध उजुरी परेपछि पक्राउ गरिएकाे हाे ।
रौनियारले ५० लाख रुपैयाँ दाइजो मागेको र २२ लाख रुपैयाँ लगिसकेको पाइएको छ । रौनियारले कानूनले बर्जित गरेको दाइजो मागेर बेहुलीलाई विवाह मण्डपमै गाली बेइज्जती तथा हातपात गरेको भन्दै प्रहरीमा जाहेरी दिएपछि सोका आधारमा प्रहरी वृत्त मालीगाउँले बेहुला रौनियारलाई पक्राउ गरी अनुसन्धान गरिरहेको बताइएको छ । उनलाई काठमाडौं जिल्ला अदालतबाट हिजै ५ दिनको म्याद लिएर अनुसन्धान जारी राखेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार