पलाञ्चोक मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न विशेष पहल गरिने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १३, २०८० बुधबार १४:१८:२७
![](https://nepalbahas.prixacdn.net/media/albums/palanchok_7PVok5uZ0v_VF9LGHSPUl.jpg)
१३ असार, काभ्रे । पाँचखाल नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत बजेट, नीति तथा कार्यक्रममा ऐतिहासिक महत्व बोकेको पलाञ्चोक भगवती मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न विशेष पहल गरिने उल्नेख गरेको छ ।
उसले आगामी आवका लागि रु ७९ करोड ९३ लाख ९८ हजार बजेट प्रस्तुत गरेको छ । नगरप्रमुख महेश खरेललबाट प्रस्तुत नीति तथा कार्यक्रममा ऐतिहासिक महत्व बोकेको पलाञ्चोक भगवतीको मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न विशेष पहल गरिने उल्लेख गरिएको हो । यस वर्षदेखि पलाञ्चोक भगवती क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक प्रतिक्रिया थालिने खरेलले बताए । “सूचीकृत गर्न आवश्यकपर्ने सम्पूर्ण तयारीका लागि आउँदो आवमा बजेट विनियोजन गरी प्रक्रिया थाल्नेछौँ”, उनले भने । पलाञ्चोक भगवती सङ्घीय राजधानीबाट काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेल हुँदै ५२ किलोमिटरको दुरीमा अवस्थित छ ।
वैशाख पूर्णिमा र कात्तिक पूर्णिमामा भव्य मेला लाग्ने यस मन्दिरको महिमा र शक्तिको कृति निकै टाढाटाढासम्म फैलिएको बताइन्छ । यस मन्दिर लिच्छवीकालीन राजा मानदेवले आफ्नी आमाको सम्झनामा विक्रम संवत् चार सय २५ मा निर्माण गर्न लगाएको किंबदन्ती छ । शिल्पकलाको दृष्टिले पलाञ्चोक भगवतिको मूर्ति अद्दितीय मानिन्छ । नक्शाल भगवती र शोभा भगवती, पलाञ्चोक भगवती एकै शिल्पकारले तयार गरेको जनाइएको छ । एउटै ढुङ्गाबाट बनेको उक्त मूर्ति अठार हात भएको, विभिन्न अस्त्रशस्त्रले सुसज्जित, चाँदीका गरगहना र मुण्डमाला पहिराइएको पलाञ्चोक भगवतीको ठूलो महिमा एवं श्रद्धा रहिआएको छ ।
देशमा छरिएर रहेका अनेकन शक्तिस्थलमध्ये साक्षात देवीका रुपमा निःस्वार्थ मनले पूजा तथा आरधना गर्दा मनोकामना पूरा हुने विश्वास गरिन्छ । भगवतीको पाउले दायाँबायाँ चण्ड एवं मुण्ड र बीचमा महिषासुर दैत्यको ढाडलाई कुल्चिएको भगवतीको आकर्षक मूर्ति पश्चिमाभिमुख छ ।
यस्तै नगर सभाले नगरको प्रशासनिक खर्च रु १५ करोड, पुँजीगत तथा कार्यक्रम खर्चका लागि रु ३२ करोड ७५ लाख, सशर्त योजना, समपुरक तथा विशेष तर्फ रु ३२ करोड १८ लाख ९८ हजार बजेट प्रस्तुत गरेको हो । नगरमा रासायनिक विषादी न्यूनीकरण गरी हरित उत्पादनलाई प्रवर्द्धन गर्न गुणस्तरीय वनस्पतिका विषादी घर घरमा बनाउने कार्यलाई अभियान बनाइने, कृषिमा महिलाको पहुँच वृद्धि गर्न हरित महिला औद्योगिक ग्राम सञ्चालन कार्यलाई तीव्रता दिइने, पाँच वर्षभित्र बहुद्देश्यीय चिस्यान केन्द्र स्थापना गर्ने, स्थानीय उत्पादित कृषि तथा वनमा आधारित कच्चा पदार्थको प्रयोग गर्ने नयाँ उद्योगलाई सञ्चालनमा ल्याई दुई वर्षसम्म सतप्रतिशत करमा छुट दिइने र थप तीन वर्षसम्म ५० प्रतिशत करमा छुट दिने तथा तथा कम्तीमा १० जना स्थानीयवासीलाई सो अवधिभर रोजगारी दिने नयाँ उद्योगलाई समेत सोही सरहको सुविधा उपलब्ध गराइने नीति लिइने उल्लेख गरिएको छ ।
त्यस्तै ५० भन्दा बढी स्थानीयवासीलाई रोजगारी दिने नयाँ स्थापना हुने उद्योगसम्म पहुँच मार्ग र विद्युत तथा पानीको व्यवस्था गरिने, एक वडा एक उद्योग स्थापना र सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरी लगानीकर्तालाई आकर्षित गर्न सुविधा दिई लगानी सम्मेलनको आयोजना गरिने जनाइएको छ । नगरले आउँदो आवमा मोतियाविन्दूको निःशुल्क स्क्रिनिङ् र शल्यक्रिया, वृद्ध असक्त र सुत्केरी महिलाका लागि निःशुल्क एम्वुलेन्स सेवा, गर्भवती महिलालाई निःशुल्क युएसजी सेवा, क्याल्सियम, फोलिक एसिड निःशुल्क रुपमा वितरण गरिने, मानसिक रोगको निःशुल्क परीक्षण, वृद्धवृद्धालाई निःशुल्क दाँत राख्ने, परामर्श तथा उपचार, नसर्ने रोगको निदानका कार्यक्रम सञ्चालन गर्ने, निःशुल्क पाठेघर जाँच तथा शल्यक्रिया, प्रयोगशाला विस्तार तथा पोषणको अवस्थालाई सुधार्न आवश्यक कार्यक्रम निर्धारण गरिने भएको हो ।
नगर क्षेत्रभित्र पशुपङ्क्षीको स्वास्थ्य परीक्षण र खोपका लागि सार्वजनिक–निजी साझेदारीमा प्रयोगशाला निर्माण, रोजगारी गुमाएका र वैदेशिक रोजगारीबाट फर्केका स्थानीयले उद्योग तथा व्यवसाय सञ्चालनार्थ बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको ब्याजमा केही प्रतिशत छुट गाई उद्यमशिलतामा जोड दिइने प्रस्तुत जेट, नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै नगरले बालविवाह रोक्न ‘नगरवासी जुटौं, बालविवाह रोकौं’ कार्यक्रम सञ्चालन गर्ने, बालमैत्री नगरपालिका घोषणा, किशोरीको आत्मसुरक्षा, मनोसामाजिक तथा अन्य परामर्श, अन्य जीवनोपयोगी तालिम व्यवस्था गरी विद्यमान सामाजिक विसंगती र कुरीतिलाई निरूत्साहित गरिने, सबै वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्था, महत्वपूर्ण धार्मिकस्थल एवं वस्तीमा पक्की सडकको पहुँच पुर्याइने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभाः विधेयक छलफलका लागि समितिमा पठाइयो
माघ २६, २०८१ शनिबार
बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न माग
माघ २४, २०८१ बिहिबार
बागमती प्रदेशसभाको बैठक : चार विधेयक प्रस्तुत
माघ २३, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार