विभिन्न स्थानबाट लागुऔषधसहित सातजना पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८० बुधबार १४:२४:५२
१३ असार, काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित सातजना पक्राउ परेका छन् । धनकुटाको धनकुटा नगरपालिका-९ बेलहारा घर भई सोही नगरपालिका-७ डेरा गरी बस्ने २४ वर्षीय सुनिल श्रेष्ठ समेत ४ जनालाई अवैध लागूऔषध गाँजा १ केजी, स्पास्पेन ४ हजार ८ सय ५० क्याप्सुल र ट्रामोल ४ हजार ८ सय ५० क्याप्सुलसहित प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठले आफ्नो कोठामा लागूऔषध लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले जाँच गर्दा श्रेष्ठको कोठाबाट उक्त लागूऔषधसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
जुम्लाको चन्दननाथ नगरपालिका-५ कार्कीवाडाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्रामसहित सोही नगरपालिका-२ बस्ने २२ वर्षीय मदन भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । भण्डारीले लागूऔषधको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय जुम्ला र लागूऔषध नियन्त्रण ब्यूरोबाट संयुक्त रुपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-३ ऐरिचोकस्थित आचार्य चिया पसलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्रामसहित सोही नगरपालिका-९ लाटिकोईली बस्ने २५ वर्षीय देबु भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । पसलमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भण्डारीलाई साथमा रहेको उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
पर्साको बहुदरमाई नगरपालिका-४ जसौली चाईनिज पुलबाट अवैध लागूऔषध गाँजा करिब १ किलोसहित वीरगञ्ज महानगरपालिका-२६ सुगौलीबिर्ता बस्ने ५७ कृष्ण मुरारी पटेललाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी डकैलाबाट खटिएको प्रहरीले साइकलमा आएका उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार