प्रतिनिधिसभा बैठकमा फेरि विपक्षी दलहरुको अवरोध, बैठक १५ मिनेटका लागि स्थगित

नेपालबहस संवाददाता
असार १३, २०८० बुधबार १४:३३:७

१३ असार, काठमाडौं । आज जारी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन् । जिल्ला निर्वाचन कार्यालय खारेजी निर्णयबारे सरकारले बजेट वक्तव्यबाट नहटाएको भन्दै प्रमुख विपक्षी एमाले र विपक्षी रास्वपाका सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् ।
सभामु्ख देवराज घिमिरेले मन्त्रालयगत विनियोजित विधेयकलाई अंग बनाइयोस भनेर प्रस्ताव राख्ने क्रममा विपक्षी दलका सांसदहरुले कुर्सीबाट उठेर विरोध गर्दै बैठक अवरुद्ध पारेका छन् ।
एमालेका प्रमुख सचेतक पदम गिरी र रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जिल्ला निर्वाचन कार्यालयलाई खारेजी गर्ने निर्णयलाई सरकारले बजेटबाट नहटाएसम्म बैठक चल्न नदिने बताएका छन् ।अवराेध नहटेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।
विपक्षीको अवरोधपछि सत्ता पक्षका सांसद एवं कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूहरू पनि अर्थमन्त्रीले बजेटमा राखेको जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने व्यवस्थाको विरोधमा रहेको र यसबारे निर्वाचन आयोगले राखेको सर्वदलीय बैठकमा समेत पार्टीका सहमहामन्त्री जीवन परियारले हस्ताक्षर गरिसकेको जानकारी गराउँदै यसलाई राजनीति बनाएर बैठक अवरोध गर्न नमिल्ने बताए ।
आजको बैठकमा सरकारले ल्याएको आगामी आवको वार्षिक बजेट पारितका लागि पेस हुने कार्यसूची रहेको छ । मंगलबारको बैठकमा पनि सुरुवातमै अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्वाचन कार्यालय खारेजी निर्णय फिर्ता लिएको जानकारी नगरेसम्म बैठक चल्न नदिने भन्दै अवरुद्ध पारेका थिए ।
त्यसपछि सभामुखले बैठक ५ मिनेटका लागि स्थगन गरेर सर्वदलीय बैठक राखेर सहमति जुटाएका थिए । सहमतिपछि अर्थमन्त्री महतले रोष्ट्रमबाट जिल्ला निर्वाचन कार्यालय हालकै अवस्थामा कायम रहने बताएपछि बैठक सुचारु भएको थियो ।
आजको बैठकमा भने बजेटबाट खारेजी निर्णय हटाउनुपर्ने माग गर्दै अवरुद्ध गरेका हुन् । यसबारे सहमति जुटाउन अहिले संसद भवनमै सर्वदलीय बैठक बसिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री राणा र राष्ट्र संघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकबीच भेटवार्ता
फागुन १४, २०८१ बुधबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
रश्मिका मन्दनाका तीन फिल्मले कमायो तीन हजार एक सय ६५ करोड
फागुन १४, २०८१ बुधबार
परराष्ट्रमन्त्री राणा र राष्ट्र संघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकबीच भेटवार्ता
फागुन १४, २०८१ बुधबार
शिवरात्रिमा पानीको बहाव बढाउन मेलम्चीलाई वाग्मतीमा छाडियो
फागुन १४, २०८१ बुधबार
अशोक शर्माको फिल्म 'डबल ट्रिपल' अर्को इतिहास रच्ने गरी आउने तयारीमा
फागुन १४, २०८१ बुधबार
विक्की कौशलको पाँच सय करोड कमाउने पहिलो फिल्म बन्यो 'छावा'
फागुन १४, २०८१ बुधबार