आजदेखि एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलन हुँदै
नेपालबहस संवाददाता
असार १३, २०८० बुधबार १४:५४:३०
१३ असार, ओमान । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन बुधबारदेखि सुरु हुँदै छ । सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । सम्मेलन बुधबारदेखि जुन ३० सम्म ओमानको राजधानी मस्कटमा हुने तय हो ।
होलिडे मस्कट होटलमा हुने तय भएको सम्मेलनको तयारी पूरा भएको एनआरएनए मध्यपूर्वका संयोजक मनोज गोर्खालीले बताए । उनले यो सम्मेलनलाई उत्कृष्ट र अर्थपूर्ण बनाउन लागिपरेको पनि बताए । सम्मेलनमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्ण बहादुर खड्कासहित श्रम मन्त्री शरतसिंह भण्डारी, सरकारी अधिकारी, विश्वभरका एनआरएनए अभियन्ता, सञ्चारकर्मीलगायतको सहभागिता रहनेछ ।
यसपटकको मध्यपूर्व सम्मेलन विभिन्न अर्थमा विशेष रहने बताइएको छ । विशेष गरेर मध्यपूर्वका श्रमिक गैरआवासीय नेपालीहरुले लामो समयदेखि प्रतिक्षा गरेको सामाजिक सुरक्षा कोष नेपाल सरकारले हालैमा कार्यान्वयनमा ल्याएको अवस्थामा यसलाई थप प्रभावकारी बनाएर अघि बढ्नेबारेमा छलफल हुनेछ । यस कोष मार्फत वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूमा आर्थिक एवं सामाजिक सुरक्षाको प्रत्याभूति हुने स्पष्ट रहेको एनआरएनए उपाध्यक्ष आरके शर्माले जानकारी दिए ।
यस्तो कल्याणकारी योजनाको सफल कार्यान्वयनका बारेमा बृहत छलफल गरेर निष्कर्षमा पुगिने बताइएको छ । सम्मेलनका क्रममा एनआरएनए अभियन्ता र सरोकारवालाबीच अन्तरक्रिया र प्यानल डिस्कसन हुनेछ । यस्तै सुरक्षित आप्रवासन नीति र अभ्यास प्रवर्द्धन, सामाजिक सुरक्षा कोषको कार्यान्वयन र प्रबर्द्धन, आर्थिक लगानीको वातावरण, अवसर र रेमिट्यान्सको सदुपयोग, वैदेशिक रोजगारीमा रहेकाहरूलाई मतदान अधिकारको प्रत्याभूति जस्ता विषय पनि छलफलको एजेन्डा रहेको छ ।
यस्तै पर्यटन आदानप्रदान कार्यक्रमको प्रवर्द्धन, गैर वासीय नेपालीहरूको सामुदायिक संलग्नता र सामाजिक एकीकरण, मध्यपूर्वमा एनआरएनए अभियानको विकास एवं प्रवर्द्धन जस्ता विषय पनि छलफलको एजेण्डा रहेको छ । सम्मेलनका एजेण्डाबाट अधिकतम परिणाम निकाल्नका निम्ति उचित छलफल र सवै अभियन्ताहरुको सक्रिय सहभागिता अति आवश्यक रहेको एनआरएनए मध्यपूर्वले जनाएको छ ।
सम्मेलनलाई ऐतिहासिक रुपमा सफल पार्न एनआरएनए मध्यपूर्वका संयोजक मनोज गोर्खाली, राजेन्द्र अर्याल, एनआरएनए आईसीसी उपाध्यक्ष डीबी क्षेत्री, एनआरएनए ओमानका अध्यक्ष बिकल झालगायत ओमानबासी नेपाली र मध्यपूर्वमा रहेका एनआरएनए अभियन्ताहरु सक्रिय रहेका छन् । सम्मेलनमा सहभागिताका लागि कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआईसीसीसीले क्यानडा समिट २०२५ आयोजना गर्ने
पुष १८, २०८१ बिहिबार
राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा अमेरिका कार्यक्रम
पुष १५, २०८१ सोमबार
पोर्चुगलमा घुम्ती सेवाबाट तीन हजारभन्दा बढीले लिए सेवा
पुष ८, २०८१ सोमबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार