बुढीगण्डकी परियोजनाको शिलान्यास र कार्यालय उद्घाटन असारभित्रै गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता
नेपालबहस संवाददाता
असार १३, २०८० बुधबार १५:३८:७
१३ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी परियोजनाको कार्यालय उद्घाटन र शिलान्यास असार महिनाभित्रै गर्ने प्रतिवद्धता जनाएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उपराष्ट्रपति कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शिर्षकमाथि सांसदहरूले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिने क्रममा उनले बुढीगण्डकी परियोजनाको शिलान्यास र कार्यालय उद्घाटनको व्यवस्था असारभित्रे हुने गरी काम गर्न निर्देशन दिइसकेको जानकारी दिएका छन् ।
सांसद राजेन्द्र पाण्डेले परियोजनामा क्रमगत बजेट कटौती गरेको र यसको शिलान्यास गर्ने मिति तोक्न पटकपटक सरकारको ध्यानाकर्षण गराउँदै आइरहेका बेला प्रधानमन्त्री प्रचण्डले उक्त जानकारी दिएका हुन् ।
अर्बौ रुपैयाँ लगानीमा धादिङ र गोरखाको सीमानामा पर्ने बुढी गण्डकी नदीमा बाँध बाँधेर ८२ वर्ग किलोमिटर क्षेत्रमा जलाशयमा आधारित बहुउद्देश्यीय परियोजना सरकारले आफ्नै लगानी बनाउने घोषणा गरेको छ । पपरियोजनाका लागि मात्रै जग्गा मुअब्जामा १७ अर्ब रुपैयाँ वितरण गरिसकेको छ भने अधिग्रहणको काम पनि चलिरहेको छ ।
परियोजनाबाट जलविद्युत उत्पादन, सिंचाई, माछा पालन तथा पर्यटन प्रबद्र्धनबाट राज्यलाई राजश्वमा ठूलो योगदान पुग्ने विश्वास गरिएको छ । परियोजना बनाउन यसअघि चिनियाँ कम्पनीलाई दिएपनि पटकपटक म्याद थप गर्दा समेत बनाउन नसकेपछि सरकारले आफैंले बनाउन लागेको हो । परियोजनाका लागि सरकारले पेट्रोलियम पदार्थ बिक्रीमा उपभोक्ताबाट प्रत्यक्ष रुपमा प्रतिलिटर ५ रुपैयाँ कर उठाउँदै आइरहेको छ ।
असार महिनाभित्रै बुढीगण्डकी आयोजनाको कामलाई अगाडि बढाउने गरी आयोजनास्थलमा कार्यालय राखिने प्रधानमन्त्री प्रचण्डले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
राष्ट्र बैंकमा डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर
मंसिर २७, २०८१ बिहिबार
विश्वभर स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस मनाइँदै
मंसिर २७, २०८१ बिहिबार
अफगानिस्तानी मन्त्रीमाथि भएको आत्मघाती आक्रमणको राष्ट्रसंघद्वारा निन्दा
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी कानूनविपरीत सैन्य अखडामाथि ड्रोन उडाउने चिनियाँ नागरिक पक्राउ
मंसिर २७, २०८१ बिहिबार
प्रधान सेनापति सिग्देलद्वारा भारतीय सेनाको मानार्थ महारथी दर्जा ग्रहण
मंसिर २७, २०८१ बिहिबार
अन्तिम क्षणसम्म दक्षिण कोरियाली जनताको पक्षमा लड्ने छु : राष्ट्रपति युन
मंसिर २७, २०८१ बिहिबार