नेप्से ३५.३७ अंक घट्यो, हिमालयन लायफ इन्स्योरेन्स शीर्ष स्थानमा
नेपालबहस संवाददाता
असार १३, २०८० बुधबार १५:३९:११
१३ असार, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३५ दशमलव ३७ अङ्कले ओरालो लागेर दुई हजार एक सय ५० दशमलव ९९ मा सीमित भएको छ ।
आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक नौ दशमलव ७६ अङ्कले ओरालो लागेर चार सय दुई दशमलव ७५ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये एक उपसमूहको मात्रै शेयर मूल्यमा बृद्धि भएको छ भने १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ ।
आजको कारोबारमा विभिन्न कम्पनीका कूल एक करोड ३३ लाख ४२ हजार नौ सय ९६ कित्ता शेयर रु पाँच अर्ब ९७ करोड २२ लाख ८६ हजार चार सय ८१ मूल्यमा खरिद बिक्री भएका छन् ।
कारोबार रकमका आधारमा हिमालयन लायफ इन्स्योरेन्स शीर्ष स्थानमा छ । उक्त कम्पनीको रु ८३ करोड ७० लाख ३६ हजार सात सय ९१ बराबरको कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्ट रु २८ करोड २२ लाख ६७ हजार पाँच सय ५९, सोल्टी होटल रु २३ करोड ५६ लाख ३८ हजार नौ सय ९९, एशियन लाइफ इन्स्योरेन्स रु १९ करोड ५० लाख ७२ हजार र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रु १७ करोड २७ लाख ७६ हजार दुई सय ७४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार हिमालयन लाइफ इन्स्योरेन्स बीपीडब्ल्यू लघुवित्त र सिटी होटलको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सामुदायिक लघुवित्त आठ दशमलव १६ र शुभम् पावर कम्पनीको शेयर मूल्य आठ दशमलव ११ प्रतिशतले बढेको छ ।
साथै इन्ग्वा हाइड्रोपावर छ दशमलब ६४, खप्तड लघुवित्त छ दशमलब १५, तारागाउँ रिजेन्सी होटल छ दशमलव ११, मकर जीतमाया सुरी हाइड्रोपावर पाँच दशमलव ८६ र ग्लोबल आइएमई लघुवित्तको शेयर मूल्य पाँच दशमलव ७१ प्रतिशतले घटेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप५ अंकले घटेर २६२८ मा बन्द भयो नेप्से, ४ अर्ब २७ करोडका शेयर किनबेच भए
पुष ३, २०८१ बुधबार
तीन अंकले बढेर २६३३ विन्दुमा बन्द भयो नेप्से, ४ अर्ब ३४ करोडका शेयर खरिदबिक्री
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार