सिम्रिकलाई हेलिपोर्ट बनाउन मन्त्रालयले दिएको सहमतिप्रति प्राधिकरणको आपत्ति
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १३, २०८० बुधबार १७:३२:१९
![](https://nepalbahas.prixacdn.net/media/albums/CAAN_1Nbh6NXuVb_QN2iw1ILZ2.png)
१३ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले काभ्रेको बनेपा नगरपालिका-१४ मा निजी क्षेत्रका सिम्रिक एयरलाइन्सलाई हेलिपोर्ट बनाउन दिएको सहमतिप्रति नेपाल नागरिक उड्डयन प्राधिकरणले आपत्ति जनाएको छ ।
सहमतिलाई कार्यान्वयन नगर्ने जनाएको छ । मन्त्री किराती र प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीबीच टसल चलिरहेको बेला निर्देशकले मन्त्री किरातीले सहमति कार्यान्वयन गर्न पठाएको पत्र कार्यान्वयन गर्ने जवाफ दिएका छन् ।
पर्यटन मन्त्रालयले काभ्रेको बनेपा नगरपालिका–१४ स्थित राउत गाउँको माथिल्लो भाग इटापु डाडाँमा अन्तर्राष्ट्रिय स्तरको हेलिपोर्ट बनाउन सिम्रिक एयरलाई सैद्धान्तिक सहमति दिएको थियो । सोबारे संसदमा सांसदहरुले समेत प्रश्न उठाएपछि मन्त्री किराँती सोमबारको प्रतिनिधिसभाको बैठकमा कानूनबमोजिम नै हेलिपोर्ट बनाउन सैद्धान्तिक सहमति दिएको स्पष्ट पारेका थिए ।
प्राविधिक र कानूनी दुबै दृष्टिकोणले निजी क्षेत्रलाई सो स्थानमा हेलिपोर्ट बनाउन दिनु उपयुक्त नहुने निष्कर्षसहित सहमतिलाई कार्यान्वयन नगर्ने निर्णय भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।
यसअघि महानिर्देशक अधिकारीलाई मन्त्री किरातीले यही सोमबार सोधेका ९ बुँदे स्पष्टीकरणको जवाफ पनि नदिने भन्दै अटेरी गरेका छन् । तोकिएका समयभित्र स्पष्टीकरण नबुझाए बर्खास्त गर्ने तयारी गरेको बुझिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयल निगमद्वारा इन्धनको मूल्य समायोजनः पेट्रोलको बढ्यो, डिजेल र मट्टीतेलको घट्यो
फागुन ३, २०८१ शनिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार