नयाँ स्टक ब्रोकर लाइसेन्स दिने प्रक्रिया अगाडि बढ्दै
नेपालबहस संवाददाता
असार १४, २०८० बिहिबार ११:५:४८
१४ असार, काठमाडौं । वर्षैंदेखि लगानीकर्ताले माग गर्दै आएको नयाँ स्टक ब्रोकर लाइसेन्स दिने प्रक्रिया अगाडि बढेको छ । एक दशक पछि ब्रोकरलाई लाइसेन्स दिने प्रक्रिया अगाडि बढे पनि यो या त्यो बाहनामा लाइसेन्स रोक्न अनेक प्रयास भए । कहिले मुद्दा र कहिले अर्थ समितिको निर्देशनले प्रक्रिया रोक्न विलम्ब गरेका कारण लाइसेन्स वितरण प्रक्रियामा ढिलाई भएको थियो ।
तथापि, यो बीचमा नेपाल धितोपत्र बोर्डले १८ वटा नयाँ ब्रोकरलाई सञ्चालन अनुमति (लाइसेन्स) प्रदान गरेको छ । यसअघि आशयपत्र प्रदान गरेका मध्ये आवश्यक पूर्वाधार पूरा गरेका १८ वटालाई ब्रोकर कारोबार सञ्चालन अनुमति प्रदान गरिसकेको छ । सञ्चालन अनुमति पाएका मध्ये ७ ब्रोकर कम्पनीहरूले नेपाल स्टक एक्चेन्जमा सदस्यताका लागि आवेदन दिएका छन् ।
बोर्डले नयाँ लाइसेन्सका लागि आह्वान गरेको सूचनामा ४६ वटा आवेदन परेका थिए । तीमध्ये एउटा आवेदन आवेदन कर्ता आफैंले फिर्ता लिएको र बाँकी २ वटाको कागजात नपुगेको बोर्डले जनाएको छ । बाँकी रहेका ४३ वटा ब्रोकर आवेदनलाई बोर्डले आशय पत्र दिएको थियो । त्यो मध्ये १८ वटालाई लाइसेन्स दिइसकेको छ ।
साथै, मुलुकको पुँजी बजार विस्तार भएन भने ९३ वटा ब्रोकरलाई टिक्न गाह्रो हुने अनुमान छ । त्यसैले, रियल सेक्टरलाई भित्र्याउनेदेखि एनआरएनलाई पुँजी बजारमा लगानी गर्ने सम्मको वातावरण नियामक निकायले बनाइदिन जरुरत रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुँजीबजारको निष्पक्ष र पारदर्शी विकासका लागि प्रतिबद्ध छु : अध्यक्ष श्रेष्ठ
मंसिर २६, २०८१ बुधबार
नेप्सेमा गिरावट कायमै, कारोबार रकम साढे पाँच अर्बमा खुम्चियो
मंसिर २४, २०८१ सोमबार
दक्षिण कोरियाको राजनीतिक उथलपुथललाई वेवास्था गर्दै बिटक्वाइनको एक लाख डलरको शेयर कारोबार
मंसिर २०, २०८१ बिहिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
पुष १४, २०८१ आइतबार
ओली रिझाउन नसक्दा लामो राजनीतिक यात्राको उत्तरार्धमा पुगेर उथलपुथल भए भीम रावल !
पुष १४, २०८१ आइतबार
लम्सुवघाटमा झोलुङ्गे पुल निर्माण
पुष १४, २०८१ आइतबार
झारपातले कुरुप बन्दै रारा तालको पश्चिम क्षेत्र
पुष १४, २०८१ आइतबार
ड्रागन बोटरेसमा प्रतिस्पर्धा गरिँदै
पुष १४, २०८१ आइतबार
जाडो छल्न आएको जलेवा
पुष १४, २०८१ आइतबार