सामुदायिक विद्यालयले ग¥यो स्वास्थ्यकर्मी नियुक्त
इन्द्र रिजाल
चैत २९, २०७५ शुक्रबार १५:१:३६
रोल्पा । रोल्पाको एक सामुदायिक विद्यालयले विद्यार्थीका लागि स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । जिल्ला सदरमुकाम लिवाङमा रहेको बालकल्याण माध्यमिक विद्यालयले सो सेवा दिने भएको हो । आफ्नै स्रोतबाट स्वास्थ्यकर्मी नियुक्त गरी विद्यालयबाटै विद्यार्थीलाई नियमित स्वास्थ्य सेवा दिने भएको हो ।
शैक्षिक सत्र २०७६ को वैशाखदेखि स्वास्थ्यकर्मी भर्ना गर्न विद्यालयले विज्ञापनसमेत प्रकाशित गरिसकेको छ । “अधिकांश समय बिताउने विद्यार्थीहरुको स्वास्थ्यप्रति संवेदनशील हुन जरुरी रहेको महसुस गरी नर्स वा एचएस्तरको स्वास्थ्यकर्मीको दरबन्दी सिर्जना गरी भर्ना प्रक्रिया थालनी गरेका छौँ”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेले भने, “विद्यालयमा अध्ययन गर्ने छात्राको महीनावारी व्यवस्थापन तथा अन्य विद्यार्थीसमेत व्यक्तिगत सरसफाइमा स्वास्थ्यकर्मीको सेवाबाट लाभान्वित हुनेछन् ।”
पदपूर्तिका लागि विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार विज्ञापन प्रकाशित गरिसकेको विद्यालयका प्रधानाध्यापक मधुसुदन पोखरेलले जानकारी दिए । “अधिकांश समय विद्यार्थीको स्वास्थ्य उपचारका लागि परिचालन गर्छौँ, केही समय बचे स्वास्थ्यकर्मीबाटै स्वास्थ्य शिक्षाको कक्षासमेत सञ्चालन गर्छौँ”, पोखरेलले भन्ने ।
वर्षको शुरु, बीच र अन्त गरी तीनपटक सबै विद्यार्थीको स्वास्थ्य परीक्षण गराई हरेकको स्वास्थ्य व्यक्तिगत विवतरणसमेत विद्यालयमा राखिने प्रधानाध्यापक पोखरेलले भनाइ थियो । “सामान्य औषधि तथा प्राथमिक उपचारका सामान विद्यालयमा राखेर विद्यार्थीको उपचार गर्ने तथा ठूलो समस्या देखिए नजिकको स्वास्थ्य केन्द्रमा सिफारिश गर्ने गरी स्वास्थ्यकर्मीलाई परिचालन गर्छौँ”, पोखरेलले भने ।
जिल्लाको नमूना घोषित सो विद्यालयले विद्यार्थीको स्वास्थ्यमा देखाएको संवेदनशीलता सकारात्मक रहेको अभिभावकले प्रतिक्रिया दिएका छन् । “जिन्दगीको लामो समय विद्यालयमा बिताउने विद्यार्थीको स्वास्थ्यलाई महत्व दिन जरुरी थियो, जिल्लाका दुई विद्यालयले ढिलै भए पनि यस कुराको वोध गर्नु सकारात्मक हो, बालकल्याण मावि लिवाङका अभिभावक कुलबहादुर डाँगीले भने ।” जिल्लाका स्रोत सम्पन्न अन्य विद्यालयले समेत यस कुराको अनुशरण गर्न जरुरी रहेको उनले बताए । सो विद्यालयमा दुई हजार ५०० विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रधानमन्त्री ओलीले ३ कक्षासम्म अध्ययन गरेको प्रणामी माध्यमिक विद्यालयले पायो नयाँ भवन
मंसिर २६, २०८१ बुधबार
दमक व्यापारिक कम्प्लेक्स
मंसिर २३, २०८१ आइतबार
सामुदायिक विद्यालयको समस्या पहिचानमा जुट्दै पौवादुङमा
मंसिर १९, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
बिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट
पुष ३, २०८१ बुधबार