प्रधानमन्त्री र आईजीपीको तजबिजीमा बन्छ पक्राउ पर्ने व्यक्तिको सूची !
नेपालबहस संवाददाता
असार १४, २०८० बिहिबार १४:२२:२४
१४ असार, काठमाडौं । नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहका केही नाइके र संलग्न रहेको आरोपमा समातिएका पूर्वमन्त्रीसहित १६ जना पुर्पक्षका लागि थुनामा रहेकै बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललितानिवास जग्गा हिनामिना प्रकरणको बन्द रहेको फाइल खोलेको छ ।
सीआईबीले निर्वाचन आयोगका पूर्व आयुक्तसहित चार जनालाई सात दिनको म्याद लिएर अनुसन्धान सुरु गरेपछि यो फाइल किन र के का लागि खोलियो भन्ने भन्ने चर्चा राजनीतिक वृत्तमा सुरु भएको छ । कतिपयले ललितानिवास जग्गा हिनामिना प्रकरणको फाइल राजनीतिक सौदाबाजीका लागि खोलिएको आशंका पनि गरेका छन् ।
देशमा सत्ता समीकरण परिवर्तनको चलखेल भइरहेको र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' संसदबाट बजेट पारित गराउन समेत नसक्ने स्थितिमा पुगिसकेको अवस्थामा ललितानिवास प्रकरणको फाइल खोलिएको छ । सीआईबीले फाइल खोलेको भोलिपल्टै संसदीय इतिहासमा पहिलो पल्ट मत विभाजनबाट प्रधानमन्त्री प्रचण्ड बजेट पारित गराउन सफल भएका छन् ।
ललितानिवास जग्गा हिनामिना प्रकरणमा सत्ता गठबन्धनमा रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि छन् । गठबन्धनमै रहेर पनि नेकपा एसले बजेटका विपक्षमा मतदान गर्ने निर्णय नै गरिसकेको थियो । तर एकाएक बुधबार फेरी संसदीय दलको बैठक राखेर बजेटको पक्षमा मतदान गर्ने निर्णय गर्यो । माधव नेपाल पनि ललितानिवास जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीका रुपमा दोषी देखिएका छन् ।
पूर्व सचिव शारदाप्रसाद त्रिताल प्रतिवेदनले पूर्वप्रधानमन्त्रीका रुपमा माधव नेपाल र डा. बाबुराम भट्टराई, नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी, नेपाली कांग्रेसका पूर्वउपसभापति विजय गच्छदारसहित धेरैको नाम यस प्रकरणमा संलग्न रहेकाे प्रतिवेदनमा समेटेको छ । गच्छदार थुनामा परेर १० लाख धरौटीमा रिहा भएका थिए भने बाँकीमाथि कुनै कारबाही भएको छैन ।
सत्ता बचाउन निकै कठिन मोडमा पुगिसकेका प्रधानमन्त्री प्रचण्ड ललितानिवासको फाइल खुलेपछि केही राहतमा देखिएका छन् । यसले पनि उनकै निर्देशनमा प्रहरी महानिरीक्षक बसन्त कुँवरले सीआईबीलाई ललिता निवासको फाइल खोलेर अगाडि बढाउन लगाएको हो भन्ने कुरालाई पुष्टि गर्छ । नेपाली राजनीतिमा तरंग ल्याउने ललिता निवास जग्गा प्रकरणले सरकारमा रहेका पुष्पकमल दाहाल प्रचण्डलाई राहत मिल्नुका पछाडि यही कारण मुख्य देखिन्छ ।
ललिता निवास जग्गा प्रकरणमा मुछिएका केही व्यापारी र पूर्व प्रशासकलाई कीर्ते मुद्दामा पक्राउ गरी राजनीतितर्फ तिर सोझ्याए पछि संसदबाट बजेट फेल भए तत्कालै सरकार छाड्नु पर्ने वाध्यता अहिलेका लागि टरेको छ । तर यो दीर्घकालिन समस्या समाधान भने भएको होइन । सीआईबीले मंगलबार एकाएक मीनबहादुर गुरुङ पक्राउ परे गरेपछि राजनीतिमा एक प्रकारको तरंग आएको थियो । दुई वर्षअघि दुई करोड धरौटीमा रिहा भएका भाटभटेनीका सञ्चालकसमेत रहेका गुरुङ पक्राउ परेपछि बल्ल धेरैले ललिता निवास जग्गा प्रकरणको फाइल पुनः खुलेको चाल पाए । तर के का लागि यो फाइल खोलियो भन्ने बारेमा कोही कसैले अनुमान गरेनन् ।
त्यति बेलासम्म प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले आरोपीहरूलाई पक्रिन सर्कुलर गरिसकेको थियो । नभन्दै सीआईबीको टोलीले मंगलबार सात जनालाई पक्राउ गर्याे । जसमा गुरूङसहित तत्कालीन भक्तपुर मालपोल कार्यालयका कर्मचारी सुधीर शाह, मालपोत कार्यालयकै कर्मचारीहरू धर्मप्रसाद गौतम, गोपाल कार्की, सुरेन्द्र कपाली, कलाधर देउजा र तत्कालीन भूमि सुधार मन्त्रालयका उपसचिव हुपेन्द्रमणि केसी थिए ।
पक्राउ परेका कपाली, केसी र देउजाले सर्वाेच्च अदालतबाट स्टे अर्डर लिइसकेकाले प्रहरीले उनीहरूलाई कागजात गराएर छाडेको थियो । बाँकी चार जनालाई थप अनुसन्धानका लागि अदालतले सात दिनको म्याद थपेर अर्को आतंक सिर्जना गरिदियो । दुई वर्ष अघि नै अनुसन्धान प्रतिवेदन प्रहरीमा फिर्ता भएको तर शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला अनुसन्धानको फाइल बन्द भएको अवस्थामा एकाएक खुलेको थियो ।
लामो समयपछि एक्कासी प्रहरीले ललिता निवास प्रकरणको फाइल किन खोल्यो भन्ने बारेमा राजनीतिक वृत्तले विभिन्न टीकाटिप्पणी गरिरहेका बेला प्रधानमन्त्री प्रचण्डको निर्देशनमा सो फाइल खोलेर तरंगित पारिएको स्पष्ट भएको छ । ‘प्रधानमन्त्रीले ललिता निवासको फाइल मागेपछि आईजीपी बसन्त कुँवरले प्रधानमन्त्री निवासमा लिएर जानु भएको थियो, त्यसपछि यसलाई अघि बढाउने निर्णय भएको हो’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो ।
आरोपीहरू पक्राउ पर्नु तीन दिनअघि प्रधानमन्त्री प्रचण्डले प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरलाई बालुवाटार डाकेका थिए । प्रचण्ड निकट एक माओवादी नेताका अनुसार प्रधानमन्त्री प्रचण्ड र आईजीपी कुँवरबीच झन्डै दुई घण्टा यो विषयमा छलफल भएपछि पहिला कस कसलाई पक्राउ गर्ने भन्ने बारेमा नाम तय भएको थियो । बालुवाटारबाटै तय भएका नाम मात्रै पक्राउ गरिएको उनले बताए ।
विसं २०४९ देखि २०६९ सम्ममा ललिता निवासको जग्गा लिखत कीर्ते गरी हिनामिना भएको सार्वजनिक भएको थियो । यसअघि तीन सय जना बढीलाई प्रतिवादी बनाएर सीआईबीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाए पनि सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने छुट्टै अनुसन्धान गरेर एक सय ७५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । हाल उक्त मुद्दा विचाराधीन छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
धरानमा सङ्गीत जात्रा महोत्सव सुरु
पुष ८, २०८१ सोमबार