वर्षात्सँगै निकुञ्जमा हुने पर्यटकीय गतिविधिमा रोक
नेपालबहस संवाददाता
असार १४, २०८० बिहिबार १२:३५:२
१४ असार, चितवन । चितवन राष्ट्रिय निकुञ्जले यही असार १६ गतेदेखि निकुञ्जमा हुँदै आएका व्यावसायिक जङ्गल ड्राइभ ९सफारी०मा रोक लगाएको छ । वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथ बिग्रिने, जङ्गलमा भएका स–साना खोला खोल्सीमा भल बाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने र मानवीय क्षतिसमेत हुनसक्ने भन्दै निकुञ्जले जङ्गल सफारीमा रोक लगाएको हो ।
यससँगै डुङ्गा सञ्चालनजस्ता पर्यटकीय गतिविधिमा समेत रोक लगाइएको निकुञ्ज प्रशासनले जारी गरेको सूचनमा उल्लेख छ । अर्को सूचना जारी नहुँदासम्मका लागि सफारीमा रोक लगाइएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सफारीका लागि ६५ जिपले अनुमति लिएका छन् ।
सौराहाबाट ३२, कसराबाट १६ र मेघौलीबाट नौ जिपले अनुमति लिएको उनले जानकारी दिए । यस्तै उजौलीबाट दुई, अमलटारीबाट पाँच र माडीबाट एउटा जिपले निकुञ्जभित्र सफारीका लागि अनुमति लिएका छन् । डुङ्गा सञ्चालनका लागि तीन घाटमा ठेक्का लागेको उनले बताए । राप्ती नदीमा रहेका छ घाटमध्ये तीन घाटबाट मात्र डुङ्गा सफारी हुँदै आएको थियो ।
वर्षात् सुरु भएसँगै निकुञ्ज र नदीमा हुने पर्यटकीय गतिविधिमा रोक लगाइएको हो । मध्यवर्ती सामुदायिक वनतर्फ हुने गतिविधिमा भने मध्यवर्ती व्यवस्थापन समितिले निर्णय गर्ने उनले जानकारी दिए । यस क्षेत्रका सामुदायिक वनमा हात्ती सफारी र डुङ्गा सफारी हुँदै आएको छ । निकुञ्जमा हालसम्मकै बढी पर्यटक यस वर्ष छिरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुरातात्विक स्थलको संरक्षण राज्यको दायित्व’
पुष २९, २०८१ सोमबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता
माघ ३, २०८१ बिहिबार
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र
माघ ३, २०८१ बिहिबार
आँबुखैरेनी गाउँपालिकाले छात्राहरुका लागि बचत खाता खोल्ने
माघ ३, २०८१ बिहिबार
करका विषयमा प्रदेश सरकार र काठमाडौं महानगरबीच विवाद, पैसा बुझाएको बालेनको दावी
माघ ३, २०८१ बिहिबार
नेपाल लाइफ इन्स्योरेन्सले शेयरधनीहरुलाई २१।०५ प्रतिशत लाभांश वितरण गर्दै
माघ ३, २०८१ बिहिबार
गठबन्धन सरकारका काम कारवाही र जारी अध्यादेशबारे कांग्रेस बैठकमा छलफल
माघ ३, २०८१ बिहिबार