श्रवणकुमार पार्क आन्तरिक पर्यटकको रोजाइमा
नेपालबहस संवाददाता
असार १४, २०८० बिहिबार १४:२२:३४
१४ असार, वालिङ । स्याङ्जाको वालिङ–८ घ्याङ्लिङमा अवस्थित श्रवणकुमार पार्क पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । वालिङ बजारदेखि नजिकै रहेको उक्त पार्कमा पूर्वाधार निर्माण भएसँगै आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको हो ।
घ्याङ्लिङस्थित अमिलीथुम आधारभूत विद्यालयको जीर्ण भवन अन्यत्र स्थानान्तरण गरेपछि विद्यालय भएको स्थानमा पार्क निर्माण गरिएको हो । स्थानीय नव प्रभात युवा क्लब र श्रवणकुमार पार्क व्यवस्थापन समितिको सहकार्यमा विद्यालय परिसरलाई पार्कको स्वरूप दिइएको क्लबका अध्यक्ष जीवलाल काफ्लेले बताए ।
उनका अनुसार पार्कमा पूर्वाधार निर्माण, सरसफाइ, वृक्षरोपणलगायत कार्य गर्न वालिङ नगरपालिका, संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी), दियालो, वालिङ होल्डिङ बहुद्देश्यीय सहकारी संस्था र विद्यालय प्रशासन सहयोग गर्दै आएका छन् ।
“विद्यालयसँग भोगचलन गर्ने सहमति गरेर पुरानो जीर्ण भवनलाई मर्मत सम्भार तथा रङगरोगन गरेका छौँ” अध्यक्ष काफ्लेले भने, “पार्कलाई घेराबार गर्ने, प्रवेशद्वार निर्माण, श्रवणकुमारको प्रतिमा, बगैँचा, वृक्षारोपण, चौपारी निर्माण, शौचालय तथा बाल उद्यानका लागि पूर्वाधार निर्माण र व्यवस्थापन गरेका छौँ ।” उनले बढ्दो बजारीकरणका कारण हुने बजारको कोलाहलबाट केही समय छुट्याइएर पार्कमा आनन्दित हुन सकिने बताए ।
अध्यक्ष काफ्लेका अनुसार पार्कमा बजार क्षेत्रबाट बिहान र साँझको समयमा पैदल हिँडेर आउने आन्तरिक पर्यटकको सङ्ख्या बढी छ । “दिउँसो र बिदाका दिनमा भने घुम्नका लागि मानिस आउँछन् । बिहान÷साँझ भने हिँडेर व्यायाम गर्नेहरू बढी आउनुहुन्छ”, उनले भने । साथी भाइ तथा पारिवारिक समूह गर्मी छल्न पनि यहाँ आउने गरेका उनले बताए ।
‘स्मार्ट सिटी’को अवधारणा अनुसार अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले नगरका विभिन्न वडामा पार्क निर्माणमा जोड दिँदै आएको छ । नगरपालिकाले केही वर्षदेखि पार्कमा पूर्वाधार निर्माण, तारबारका लागि बजेट विनियोजन गर्दै आइरहेको छ ।
चालु आर्थिक वर्षमा नगरपालिकाले पूर्वाधार निर्माण गर्न रू दश लाख उपलब्ध गराएको नगर उपप्रमुख कविता तिवारी गैह«ेले बताउनुभयो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगरका विभिन्न ठाउँमा पार्क निर्माण गर्ने र भएकालाई थप स्तरोन्नति गर्दै लैजाने गरी बजेट विनियोजन गरिएको उनले बताए ।
“आगामी आर्थिक वर्ष २०८०/८१ का लागि गण्डकी प्रदेशबाट रू दश लाख विनियोजन भएको छ”, उपप्रमुख तिवारी गैह«ेले भने, “पूर्वाधार निर्माण तथा पार्कको व्यवस्थापन गर्न प्राप्त भएको उक्त रकमलाई आवश्यक पूर्वाधार निर्माणमा लगाउने तयारी भइरहेको छ ।”
बजार तथा गाउँभन्दा माथिल्लो स्थानमा रहेकाले यहाँबाट बजार तथा टाढासम्मका दृश्यावलोकन गर्न सकिने स्थानीय बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपठूला होटल खुलेसँगै विदेशी पर्यटकको संख्यामा वृद्धि
जेठ १३, २०८१ आइतबार
पर्यटकीय गन्तव्य बन्दै हाँडिकोट टापु
जेठ १३, २०८१ आइतबार
पदयात्राको गन्तव्य बन्दै देवचुली डाँडा
जेठ १२, २०८१ शनिबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के क्रिकेटर हार्दिक र नतासाको डिभोर्स भएको ?
जेठ १२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १३, २०८१ आइतबार
सगरमाथा आरोही सशस्त्र प्रहरी निरीक्षक पौडेलको स्वागत तथा सम्मान
जेठ १२, २०८१ शनिबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
जेठ १३, २०८१ आइतबार
अफगानिस्तानमा महिलामाथि लगाइएको प्रतिबन्धले बालविवाहको संख्या बढ्ने
जेठ १३, २०८१ आइतबार
सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशताउन्मुख र अनुदारवादी : महामन्त्री थापा
जेठ १३, २०८१ आइतबार
गृहमन्त्री लामिछानेको राजीनामा माग्दै पोखरामा सहकारी पीडितको प्रदर्शन
जेठ १३, २०८१ आइतबार
महालेखापरीक्षकको ६१औँ प्रतिवेदन आज राष्ट्रपतिसमक्ष पेस हुँदै
जेठ १३, २०८१ आइतबार
भोजपुरको एक मात्र गरस चिया उद्योग
जेठ १३, २०८१ आइतबार