कोशीमा कांग्रेस, माओवादी केन्द्रले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने, जसपा तटस्थ बस्ने
तटस्थ बस्ने जसपाको निर्णय, पहिलो ठूलो दल एमालेकै नेतृत्वमा सरकार बन्ने संभावना

नेपालबहस संवाददाता
असार १४, २०८० बिहिबार १५:१६:७

१४ असार, काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले विश्वासको मत नदिने निर्णय गरेका छन् ।
आज बसेको तीनै दलका संसदीय दलको बैठकले कार्कीलाई विश्वास मत नदिने र सरकार ढाल्ने निर्णय गरेका हुन् । साथै दुवै दलले यसपछि बन्ने सरकारका लागि आफ्नै नेतृत्वमा गठनका लागि पहल गर्ने निर्णय समेत गरेका छन् ।
यसअघि कांग्रेस प्रतिपक्षमै रहेका बेला माओवादी केन्द्र र जसपाले समर्थन फिर्ता लिएपछि कार्की अल्पमत परेका हुन् । उनले आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेस गर्ने भएका छन् । ९३ सदस्य रहेको प्रदेशसभामा सरकार गठनका लागि ४७ सदस्यको समर्थन चाहिन्छ ।
एमालेका कार्कीसँग एमाले ४० र राप्रपा ६ गरी ४६ मत छन् । विपक्षी कांग्रेस २९, माओवादी १३, एकीकृत समाजवादी ४ र जसपा १ गरी ४७ मत छन् । कार्कीलाई पद जोगाउन एक मतको आवश्यक पर्छ । त्यो मत लिन उनले चलखेल सुरु गरेका छन् । निर्णायक मतको रुपमा रहेका सभामुख बाबुराम गौतम माओवादी केन्द्रका हुन् ।
यसैबीच, एक मत रहेको जसपाले कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेपनि विपक्षमा मत नदिने भएको छ । जसपा कोशी प्रदेश अध्यक्ष दीपक याख्खाले पार्टीमा रहेको एक मत कुनै पक्ष नलिई तटस्थ बस्ने निर्णय भएको बताए ।
सरकार गठन गर्न कुनै दलले पनि आवश्यक मत पुर्याउन नसके मध्यवधिमा जाने संभावना रहने अड्कलबाजी समेत सुरु भएको छ । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले आवश्यकता परेमा मध्यावधि निर्वाचनमा जान सकिने प्रतिक्रिया दिएका छन् ।
यस्तै, माओवादी केन्द्रका कोशी प्रदेश संसदीय दलको आज बसेको बैठकपछि नेता इन्द्रबहादुर आङ्बोले कार्कीलाई मत दिने निर्णय भएको बताएका छन् । एकीकृत समाजवादीका संसदीइ दलका नेता राजेन्द्र राइले पनि कार्कीलाई आफ्नाे दलले मत नदिने निर्णय गरेकाे बताएका छन् ।
यदि प्रदेशसभामा विश्वासको मत लिनेसम्बन्धी प्रस्तावमा जसपा तटस्थ बसेको खण्डमा सभामुखको मतले मात्रै पनि विपक्षीलाई सरकार गठन गर्न चाहिने आवश्यक मत पुग्दैन । अर्थात कांग्रेस, एकीकृत समाजावदी र माओवादी केन्द्र (सभामुखसहित) ४५ मत मात्र पुग्छ । यस्तो अवस्थामा संविधानअनुसार प्रदेशसभाको पहिलो ठूलो दलका भएकाले एमालेले नै एकलौटी सरकार बनाउने बाटो खुल्ने र त्यसनिम्ति प्रदेश प्रमुख परशुराम खापुङले आह्वान गर्न सक्नेछन् ।
यसरी बन्ने सरकारका मुख्यमन्त्रीले फेरि नियुक्ति भएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने हुन्छ । यो उनका लागि संवैंधानिक व्यवस्था हो । त्योबेला पनि विश्वासको मत लिन असफल भएमा सरकार गठनको अर्को चरण सुरु हुन जानेछ । तत्कालीन सत्ता समिकरणमा खापुङले प्रदेश प्रमुखमा एमाले कोटामा नियुक्ति पाएका थिए ।
यद्यपि विश्वासको मत लिने तयारीमा जेटका कार्कीले यसअघिदेखि नै विपक्षीहरुले सरकार बनाउन नसक्ने र नयाँ सरकार एमालेकै नेतृत्व बन्ने अभिव्यक्ति दिँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो
फागुन ३, २०८१ शनिबार
‘बाल विवाह सामाजिक समस्या’
फागुन १, २०८१ बिहिबार
‘शिक्षा क्षेत्र देश विकासका लागि महत्त्वपूर्ण’
माघ २७, २०८१ आइतबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
शिवरात्रिमा पानीको बहाव बढाउन मेलम्चीलाई वाग्मतीमा छाडियो
फागुन १४, २०८१ बुधबार
अशोक शर्माको फिल्म 'डबल ट्रिपल' अर्को इतिहास रच्ने गरी आउने तयारीमा
फागुन १४, २०८१ बुधबार
विक्की कौशलको पाँच सय करोड कमाउने पहिलो फिल्म बन्यो 'छावा'
फागुन १४, २०८१ बुधबार
चलचित्र ‘हर्ष’को शुभ मुहूर्त, आँचलको ठाउँमा वर्षा राउत
फागुन १४, २०८१ बुधबार