विभिन्न स्थानबाट लागुऔषधसहित ८ जना पक्राउ
नेपालबहस संवाददाता
असार १४, २०८० बिहिबार १६:३१:२५
१४ असार,काठमाडौं । काठमाडौं, मकवानपुर र सिरहाबाट लागूऔषधसहित आठ जना पक्राउ परेका छन् । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-१ गागलफेदीस्थित सातघट्टे चोकबाट अवैध लागूऔषध गाँजा करिब ४ केजी १ सय ४० ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ओखलढुङगा रातमाटे गाउँपालिका-४ घर भई काठमाडौं काँडाघारी बस्ने ३९ वर्षीय अमर कुमार खत्री र सर्लाही घर भई काठमाडौं काँडाघारी बस्ने २५ वर्षीया मनसुन पाण्डे रहेका छन् । अस्थायी प्रहरी विट गागलफेदीबाट खटिएको प्रहरीले प्र.३-०२-०१५ प ४४२९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूको साथबाट उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-४ रोयल पार्टी प्यालेस अगाडिबाट अवैध लागूऔषध गाँजा १२ केजीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका-१ लोथर बस्ने १७ वर्षीय र १४ वर्षीय गरी २ जना किशोरी रहेका छन् । अस्थायी प्रहरी पोष्ट हरियाली मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुरकै राक्सिराङ गाउँपालिका-५ बम्कीङबाट अवैध लागूऔषध अफिम जस्तो देखिने वस्तु ३ केजी ४ सय ६० ग्राम र नगद ५० हजार रूपैयाँसहित मनहरी गाउँपालिका-७ रमनटार बस्ने ३६ वर्षीय प्रलाद दर्जीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले राक्सिराङबाट मनहरीतर्फ आउँदै गरेको बा.५३ प ४५३९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी २८ वर्षीय पुरुष मोटरसाइकल छाडी फरार भएपश्चात मोटरसाइकल तलासी गर्दा उक्त लागूऔषध फेला पारी मोटरसाइकलमा सवार दर्जीलाई पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सिरहाकै सिरहा नगरपालिका-७ ट्राफिक चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६२ ग्राम २१ मिलिग्राम र डिजिटल मेसिनसहित सिरहा नगरपालिका(२० बस्ने १९ वर्षीय सत्यनारायण कारकसमेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको स.१० प ६१७७ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार