स्वास्थ्य मन्त्री बस्नेतद्वारा बनेपाको रेयुकाई एईको मासुनागा आँखा अस्पताल निरीक्षण
नेपालबहस संवाददाता
असार १४, २०८० बिहिबार १६:५४:९
१४ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बिहीबार बनेपा ६ स्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालको निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा मन्त्री बस्नेतले अस्पतालले प्रदान गरिरहेको आँखा उपचार सेवाका बिषयमा जानकारी लिएका हुन् । उनले उपचारका लागि आएका विरामी र उनीहरूका आफन्तसँग उपचार सेवाका विषयमा कुराकानी समेत गरेका थिए ।
अस्पतालले स्वास्थ्य वीमा कार्यक्रम मार्फत पनि उपचार प्रदान गरिरहेको अस्पताल सञ्चालक समितिका महासचिव हीरामणी शर्माले मन्त्री बस्नेतलाई जानकारी दिएका थिए । मन्त्री बस्नेतले समुदायमा सर्वसुलभ रुपमा आँखा उपचार सेवा प्रदान गर्न अस्पताल सञ्चालक समितिका सदस्य र अस्पतालका स्वास्थ्यकर्मीलाई सल्लाह दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्रीले उद्घाटन गरे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन
माघ ३, २०८१ बिहिबार
स्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार
शक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
रेसुङ्गा नगरपालिकाको रनिङ शिल्ड रेसुङ्गा माविलाई
माघ ७, २०८१ सोमबार
शिक्षण अस्पतालमा स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन
माघ ७, २०८१ सोमबार
खुकुरी प्रहार गरेको अभियोगमा ५ जना पक्राउ
माघ ७, २०८१ सोमबार
वर्तमान सरकारप्रति जनताको भरोसा छ : सञ्चारमन्त्री गुरुङ
माघ ७, २०८१ सोमबार