बुटवलका आगन्तुक सहकारीका अध्यक्ष घर्ती पक्राउ
नेपालबहस संवाददाता
असार १४, २०८० बिहिबार १७:१७:२८
१४ असार, काठमाडौं । बचतकर्ताहरुले सहकारीमा जम्मा गरेको रकम हिनामिना गरेर फरार रहँदै आएका बुटवलका आगन्तुक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजु घर्ती पक्राउ परेका छन् ।
बुटवलको अमरपथमा कार्यालय रहेको सहकारीलाई समस्याग्रस्त बनाएर घर्ती सम्पर्कविहीन भएपछि खोजी गर्ने क्रममा मंंगलबार भैरहवाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बचत रकम फिर्ता नदिई सम्पर्कविहीन भएपछि बचतकर्ताहरुले घर्तीलाई पक्राउ गरी कारवाही गर्न प्रहरीमा उजुरी दिएका थिए । ५० जनाभन्दा बढी बचतकर्ताहरुले उजुरी दिएका थिए । सहकारीमा जम्मा भएका ५० करोड भन्दा बढी रकम हिनामिना भएको बताइएको छ ।
यसै हप्ता मात्र भक्तपुरको कौशलटारमा केन्द्रीय कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारीका अध्यक्ष केदारनाथ शर्मालाइ भारतबाट पक्राउ गरी नेपाल ल्याइ प्रहरीले अनुसन्धान गरिरहेकाे छ । शर्माले बचतकर्ताकाे लगभग १४ अर्ब रूपैयाँ बचत रकम हिनामिन गरेकाे आराेप छ ।
आफ्नो बचत रकम फिर्ता पाउन माग गर्दै देशभरका विभिन्न सहकारीका पीडितहरु अहिले पनि माइतीघर मण्डलामा धर्ना दिइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
एसएसपी बढुवाका लागि चरम राजनीतिक लविङ
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका दुई डीआइजी एआइजी बढुवामा सिफारिस
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
किम जोङकी बहिनी देखिइन् सन्तानसँग पहिलो पटक
पुष १९, २०८१ शुक्रबार
नेपाल धानमा पनि परनिर्भर बन्दै, वीरगञ्जबाट ५ महिनामा ३ अर्ब बढीको धान आयात
पुष १९, २०८१ शुक्रबार
मुगुमा ४.४ रिक्टर स्केलको भूकम्प
पुष १९, २०८१ शुक्रबार
विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग
पुष १९, २०८१ शुक्रबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १९, २०८१ शुक्रबार