एसईईको नतिजा प्रकाशनको अन्तिम चरणमा
सबै विषयमा ३५ अंकभन्दा कम ल्याउनेलाई के गर्ने भन्ने टुंगाे लगाउन बाँकी
नेपालबहस संवाददाता
असार १४, २०८० बिहिबार १७:३२:१४
१४ असार, काठमाडौं । गत चैतमा भएको कक्षा १० को परीक्षाको नतिजा प्रकाशनको अन्तिम चरणमा पुगेको छ । शैक्षिक सत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई)को रुपमा लिइने नतिजा प्रकाशन अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
बोर्डले एसईईको नतिजा असार तेस्रो साताभित्रमा प्रकाशन गर्ने जनाउँदै आएको छ । यस वर्ष ४ लाख ८४ विद्यार्थीले एसईई दिएका थिए । अहिले नतिजा कम्प्युटरमा चढाउने काम भइरहेको बोर्डको भनाइ छ । योपटक नतिजा पुरानै लेटर ग्रेडिङ पद्धतिबाट प्रकाशन गर्ने कि नयाँबाट गर्ने भन्ने विषयमा बोर्डले निर्णय लिने भएको छ ।
पुरानै विधिअनुसार ९० देखि १०० ल्याउनेलाई ए‘’ प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ‘ए’, ७० देखि ८० भन्दा कम ल्याउनेलाई ‘बी’ प्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई ‘बी’, ५० देखि ६० भन्दा कम ल्याउनेलाई ‘सी’ प्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई ‘सी’, ३० देखि ४० भन्दा कम ल्याउनेलाई ‘डी’ प्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई ‘डी’ र २० भन्दा कम ल्याउनेलाई ‘ई’ ग्रेड प्रदान गरिँदै आएको छ ।
तर नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई ‘नन ग्रेडेड’ अर्थात ‘फेल’मा राख्ने व्यवस्था छ । यसमा परेका विद्यार्थीले सबै विषयमा दोहोर्याएर परीक्षा दिनुपर्ने प्रावधान छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकक्षा १२ को पुरक परीक्षा भदौ २५ र २६ गते हुने
साउन १८, २०८१ शुक्रबार
कक्षा १२ को नतिजा सार्वजनिक: ५२.९१ प्रतिशत विद्यार्थी पास , ४७.०९ प्रतिशत फेल
साउन १८, २०८१ शुक्रबार
प्रधानमन्त्रीले उद्घाटन गरे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन
माघ ३, २०८१ बिहिबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
हमास-इजरायल युद्बबिराम आइतवार देखी लागु हुनेछः कतारका प्रधानमन्त्री
माघ ३, २०८१ बिहिबार
रास्वपाका नेता कार्यकर्ता माइक टाइसन भन्दा बलियाः गोकुल बाँस्कोटा
माघ ३, २०८१ बिहिबार