ईलाममा योगेश भट्टराई पहिचानवादीहरुकाे निशानामा, सुरक्षाकर्मीद्वारा आक्रमण प्रयास विफल
एमालेमाथि हमला गरेर कोशी प्रदेशको समस्या हल हुँदैन : भट्टराई

नेपालबहस संवाददाता
असार १४, २०८० बिहिबार १८:२९:४५

१४ असार, काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईलाई इलाममा पहिचानवादी आन्दोलनकारीहरुले आक्रमणको प्रयास गरेका छन् ।
७२औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन इलामले आयोजना गरेको कार्यक्रममा सहभागी हुन बिहीबार इलाम पुगेका सांसद समेत रहेका भट्टराईलाई इलाम बजारमा विरोधीहरुले कालो झण्डा देखाउँदै आक्रमणको प्रयास गरेका थिए ।
सुरक्षामा खटिएका सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले आक्रमण हुनबाट जोगाएका छन् । आन्दोलनकारीहरुले भट्टराई चढेको गाडीलाई घेरा हालेर कालो झण्ड देखाउँदै आक्रमण गर्ने कोशिस गरेको र त्यसलाई रोक्ने काम प्रहरीले गरेको बताइएको छ ।
आन्दोलनकारीले चारैतिरका बाटो अवरोध गरी गाडीलाइक्षर्् इलाम बजारमै रोकेका छन् । सुरक्षाकर्मीको सहयोगमा भट्टराई कार्यक्रमस्थलमा पुगेका थिए । जिविस हलमा आयोजित कार्यक्रममा कांग्रेस नेता गुरुराज घिमिरेले समेत सम्बोधन गरेका छन् । भट्टराईले आजै उक्त घटनालाई लिएर सामाजिक संजालमा कडा प्रतिक्रिया दिएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल हुँदैन । एमाले वार्ता र संवादका लागि हरबखत तयार छ ।’
आन्दोलनरत पक्षको नामै नलिई उनले आफू अन्तरक्रिया कार्यक्रममा जाँदै गर्दा इलाम बजारमा केही व्यक्तिहरुबाट कालो झण्डा देखाउने भएको बताउँदै विरोध शान्तिपूर्ण हुनेपर्नेमा आफू र एमाले प्रष्ट रहेको दोहोर्याएका छन् । ‘हाम्रो भनाइ यही छ कि बिरोध शान्तिपूर्ण मान्यताभित्र हुनुपर्छ । उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका हामीलाई मान्य छैन’ उनले लेखेका छन् ।
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली इलाम पुग्दा बाटो छेकेर ढुंगामुढा गरेका थिए । उनीहरुले भटराईलाई पनि कोशी प्रदेशभित्र प्रवेश गर्न नदिने चेतावनी दिँदै आएका छन् । असार १ गते पाँचथर, ताप्लेजुङ, सूखुवासभामा गएको पहिरो र बाढीले पु्र्याएको स्थानको अवलोकन तथा क्षतिबारे बुझ्न जाने क्रममा उनलाई आन्दोलनकारीले रोकेका थिए ।
प्रदेशको कोशी नाम खारेज गरी पहिचानको आधारमा नाम राख्नुपर्ने पहिचानवादीहरुले आन्दोलन गर्दै आइरहेका छन् । कोशी प्रदेशमा एमाले पहिलो पार्टी हो । एमाले, कांग्रेस, माओवादी केन्द्रसहित दलका बहुमत सदस्यले गत फागुनमा प्रदेशको नाम कोशी राखेको थियो । तर पहिचानवादीहरुले आन्दोलन चर्काएपछि माओवादी केन्द्र पछि हट्ने अवस्था पुगेको छ । एमाले भने कोशी नाम सही भएको तर्क गर्दै दुई तिहाई मत ल्याएर नाम परिवर्तन गर्न चुनौति दिँदै आइरहेको छ ।
आन्दोलनका क्रममा पहिचान पक्षधर पदमबहादुर लिम्बुकाे ज्यान गएकाे छ । उनलाइ सरकारले शहीद घाेषणा गरिसकेकाे छ । काेशी नाम परिर्तन नभएसम्म आन्दोलन नराेकिने उनीहरूकाे अडान छ । उनीहरू अहिले प्रदेश सरकारसँग गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो
फागुन ३, २०८१ शनिबार
‘बाल विवाह सामाजिक समस्या’
फागुन १, २०८१ बिहिबार
‘शिक्षा क्षेत्र देश विकासका लागि महत्त्वपूर्ण’
माघ २७, २०८१ आइतबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
अशोक शर्माको फिल्म 'डबल ट्रिपल' अर्को इतिहास रच्ने गरी आउने तयारीमा
फागुन १४, २०८१ बुधबार
विक्की कौशलको पाँच सय करोड कमाउने पहिलो फिल्म बन्यो 'छावा'
फागुन १४, २०८१ बुधबार
चलचित्र ‘हर्ष’को शुभ मुहूर्त, आँचलको ठाउँमा वर्षा राउत
फागुन १४, २०८१ बुधबार
‘इको भ्यान’ दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते
फागुन १४, २०८१ बुधबार