प्रधानमन्त्रीको उपस्थितिमा पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीहरुको भेला
नेपालबहस संवाददाता
असार १५, २०८० शुक्रबार १०:३०:४
१५ असार, पोखरा । आज सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेला हुँदैछ । यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार पोखरा आउने कार्यक्रम यसअघि नै तय भइसकेको छ । गण्डकी प्रदेश सरकारको आयोजनामा सातै प्रदेशका मुख्यमन्त्रीहरूको पोखरामा भेला हुन लागेको हो ।
उनीहरू दुई दिनसम्म पोखरामा संघीयता र प्रदेशका हक अधिकारका बारेमा छलफल गर्नेछन् । कोशी प्रदेशका मुख्यमन्त्री आउने नआउने भन्ने बारेमा अन्योल कायमै रहेको छ । आज कोशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने भए पछि पोखरामा हुने यस कार्यक्रममा उनको उपस्थिति अन्योलमा परेको हो ।
गण्डकी प्रदेश सरकारकी प्रवक्ता तथा ऊर्जा मन्त्री सरस्वती अर्यालका अनुसार यसअघि जेठ १० का लागि तोकिएको भेला प्राविधिक कारण सम्पन्न हुन नसके पनि यसपटक बोलाइएको भेला भने शुक्रवार र शनिबार गरी दुई दिनसम्म चल्नेछ ।
आजबाट सुरु हुने सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेला दोस्रो हो । पहिलो पटक २०७५ भदौ २१ र २२ गते गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको पहलमा पहिलो पटक मुख्यमन्त्रीहरूको भेला भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार