वीरेन्द्रनगरमा आमा तथा शिशु सुरक्षा कार्यक्रम गरिने
इन्द्र रिजाल
चैत २९, २०७५ शुक्रबार १५:४१:५५
वीरेन्द्रनगर । वीरेन्द्रनगर नगरपालिकाले आमा तथा शिशु सुरक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले तयार गरेको ‘स्थानीय स्वास्थ्य सेवा विधेयक, २०७५’ मा गर्भवती आमा तथा नवजात शिशुको स्वास्थ्य सुरक्षा कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन गर्ने जनाइएको छ ।
विधेयकअनुसार कार्यपालिकाले योजना बनाई स्तनपान प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । त्यसैगरी नगरक्षेत्रभित्र कुपोषणको पहिचान, नियन्त्रण र व्यवस्थापन गर्ने विधेयकमा उल्लेख छ । नगर क्षेत्रका कुपोषित बालबालिकाका लागि पुनःस्थापना कार्यक्रम सञ्चालन गर्ने विधेयकमा उल्लेख छ ।
विधेयकमा स्वास्थ्य संस्था सञ्चालन गर्न नगर कार्यपालिकाबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । नेपाल सरकारले निर्धारण गरेको मापदण्डका साथै तोकिएको प्रक्रिया पूरा गरेको सुनिश्चित गरी नगरपालिका क्षेत्रभित्र निजी, गैरसरकारी, सामुदायिक तथा सहकारी संस्थालाई कार्यपालिकाले स्वास्थ्य संस्था सञ्चालनका लागि अनुमति दिनसक्ने व्यवस्था गरिएको छ ।
सोअनुसार प्राथमिक अस्पताल, नर्सिङहोम, निदान केन्द्र, क्लिनिक, औषधि पसल, आयुर्वेदिक औषधालय, पुनःस्थापना केन्द्र, पोलिक्लिनिक, मेडिकल ल्याव, डायग्नोष्टिक सेवा, सामुदायिक स्वास्थ्य हेरचाह केन्द्र, नसर्ने रोग न्यूनीकरणका लागि फिटनेस सेन्टर, योग केन्द्र सञ्चालनका लागि अब नगर कार्यपालिकाबाट अनुमति लिनुपर्नेछ ।
यस्तै कुनै कारणले स्वास्थ्य संस्था बन्द गर्नुपर्ने वा नगरपालिका क्षेत्रबाट अन्यत्र सार्नुपर्ने भएमा समेत नगरपालिकाबाट अनुमति लिनुपर्ने व्यवस्था विधेयकमा गरिएको छ ।
विधेयक जारी हुनुअघि नगरपालिका क्षेत्रभित्र सञ्चालित निजी वा गैरसरकारी स्वास्थ्य संस्थासमेत ऐन जारी भएको मितिले तीन महीनाभित्र कार्यपालिकाबाट अनुमति लिई दर्ता गराउनुपर्ने व्यवस्था गरिएको छ ।
नगरपालिका क्षेत्रभित्रका सबै स्वास्थ्य संस्थाले तोकिएको मापदण्डअनुसार सेवा गुणस्तर पूरा गरेको हुनुपर्ने र गुणस्तरीयता कायम गरे÷नगरेको सम्बन्धमा आवश्यक ठानेमा अनुगमन समिति बनाई नगरपालिकाले कुनै पनि बेला नियमन, निरीक्षण तथा अनुगमन गर्न सक्ने व्यवस्था पनि विधेयकमा गरिएको छ ।
‘स्थानीय स्वास्थ्य सेवा विधेयक २०७५’ बिहीबारदेखि शुरू भएको वीरेन्द्रनगर नगरपालिकाको चौथो नगरसभामा टेबुल गरिएको छ । टेबुल भएको विधेयक आवश्यक छलफलपछि पारित हुनेछ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थप‘मानवअधिकार रक्षाका लागि सरकार निष्ठापूर्वक लागेको छ’
मंसिर २५, २०८१ मंगलबार
दार्चुलामा हिमपात र वर्षा, अपिहिमाल क्षेत्रको जनजीवन प्रभावित
मंसिर २४, २०८१ सोमबार
राससकर्मी पोखरा समाचारदाता शर्मा सम्मानित
मंसिर २४, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
रेमिट्यान्समा ९ अंकको सुधार, शोधनान्तर २ खर्ब ५ अर्ब र विनिमय सञ्चिति २२ खर्ब ५५ अर्बमाथि
मंसिर २८, २०८१ शुक्रबार
नयाँ बुटवल–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न
मंसिर २८, २०८१ शुक्रबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
झापामा नौ सय ३७ मेट्रिक टन कोदो उत्पादन
मंसिर २८, २०८१ शुक्रबार
विराटनगर किंग्सले टस जितेर पहिले ब्याटिङ रोज्यो
मंसिर २८, २०८१ शुक्रबार
राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा
मंसिर २८, २०८१ शुक्रबार