किसानका मेहनतकै कारण नेपाल नाकाबन्दीमा पनि गलेन : अध्यक्ष ओली
नेपालबहस संवाददाता
असार १५, २०८० शुक्रबार १४:२०:२४
१५ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल कृषि प्रधान देश भएकाले विदेशी गर्ने नाकाबन्दीका बेला जनता भोकै नपरेको बताएका छन् ।
चितवनमा आज राष्ट्रय धान दिवसको अवसरमा आयोजित कार्यक्रममा धारणा राख्दै कृषि मुख्य पेशा भएकै कारण भारतले लगाएको पटकपटकको नाकाबन्दीका बेला पनि नेपालीलाई गलाउन नसकेको बताए ।
ओली धान दिवस मनाउन पत्नी राधिका शाक्यसहित बिहीबार चितवन पुगेका थिए । उनले कृषिलाई सरकारले महत्व दिनु हिच्किचाउन नहुने भन्दै किसान मजबुत हुँदा नेपाल खानाकै लागि कसैसँग मागिरहनु नपर्ने बताए । किसानकै मेहनतले मुलुकमा भोकमरीको संकट टरेको उनको भनाइ थियो ।
‘हामीविरुद्ध पाँच महिना नाकाबन्दी लाग्यो । पाँच महिना नाकाबन्दी लाग्दा पनि नेपाल किन टिक्यो भने यो कृषिप्रधान देश हो’ उनले भने । कृषिप्रधान मुलुक भएर पनि अझै खाद्यन्न विदेशबाट ल्याउनुपर्ने अवस्था हट्न नसकेको भन्दै एमालेको सरकार मात्र यसलाई रोक्ने बताए ।
उनले एमाले नेतृत्वका सरकार पालामा माछा, मासु, अण्डामा धेरै हदसम्म आत्मनिर्भरताको बाटो गएको बताउँदै वर्तमान सरकारले त्यसलाई पछ्याउन नमान्दा व्यापार घाटा र वैदेशिक ऋण बढेको बताए ।
सरकारले हरेक वर्ष असार १५ मा धान दिवस मनाउँदै आएको छ । हरेक सरकारले कृषिमा महत्वसाथ बजेट विनियोजन पनि गर्दै आएको छ । तर वार्षिक रुपमा ४० अर्ब रुपैयाँभन्दा बढी मूल्यको चामल आयात गरेको सरकारी तथ्यांकले देखाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
मंसिर ७, २०८१ शुक्रबार
माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित
मंसिर ६, २०८१ बिहिबार
तनहुँमा बीस रोपनी जमिनमा रायो सागखेती
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार