मध्य असारमा मोरङमा बीस प्रतिशत रोपियो धान
नेपालबहस संवाददाता
असार १५, २०८० शुक्रबार १४:२५:३९
१५ असार, बेलबारी । ‘जलवायु अनुकूलित कृषि मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ मोरङका विभिन्न स्थानमा आज राष्ट्रिय धान दिवस मनाउँदै रोपाइँ भइरहेका छन् । असार महिनाको आधा समय बितिसक्दा यस पटक जिल्लामा २० प्रतिशतमात्र अर्थात् आठ हजार तीन सय ३० हेक्टर जमिनमा धान रापाइँ भएको हो ।
कुल ८३ हजार तीन सय हेक्टर जमिनमा धान रोप्ने गरिएकामा हालसम्म २० प्रतिशतमात्र धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख रामदेव सिंहले बताए । समयमा पानी नपर्नाले रोपाइँ ढिलो भएको हुनसक्ने उनको भनाइ थिायो। गत वर्ष ९९ प्रतिशत रोपाइँ भएकामा यस पटक पनि मौसमले साथ दिए साउन १५ सम्ममा सबै धान रोपिसकिने प्रमुख सिंहको जिकिर थियो ।
जिल्लामा धेरै मात्रामा रन्जीत धान, राम धान, विवि एघार, स्वार्णलगायत धान लगाउने गरिएको ज्ञान केन्द्रले जनाएको छ । गत वर्ष जिल्लामा ८२ हजार चार सय ६७ हेक्टर जमिनमा धान रोपाइँ भएकामा तीन लाख ३८ हजार एक सय १४ मेट्रिक टन धान उत्पादन भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगहुँको बीउ नपाएर हैरान भएका किसानलाई राहत
पुष ५, २०८१ शुक्रबार
सामुदायिक वनको सामूहिक धानखेती
पुष ५, २०८१ शुक्रबार
म्याग्दीमा आलु प्रवर्द्धन कार्यक्रम : आठ सय रोपनीमा खेती विस्तार
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार