आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर
नेपालबहस संवाददाता
असार १५, २०८० शुक्रबार १६:२९:३५
१५ असार, काठमाडौं । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ पुष २३ मा दर्ता गराएको मुद्दामा विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले शुक्रबार फैसला सुनाउँदै खड्कालाई भ्रष्टाचारी ठहर गरेको हो ।
ठहरसँगै खडकाको नाममा रहेको घरजग्गा, बैंक मौज्दात, शेयरलगायतका सम्पत्ति जफत गर्न आदेश दिएको छ । साथै खडकालाई एक वर्ष ३ महिना कैद सजाय तोकिएको छ । गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर गर्दै विशेष अदालतले उनलाई बिगो र सजाय सुनाएको हो ।
सोही मुद्दामा प्रतिवादी बनाइएकी खडका पत्नी शर्मिलाको नाममा रहेको घरजग्गा समेत जफत गर्न आदेश भएको छ । उनको नाममा रहेको कित्ता नं. १५२२ र १४२३ मा रहेको घरसमेत जफत हुने आदेश भएको छ । अर्की प्रतिवादी अमिता लामा सोदेम्बाको नाममा रहेको जग्गा र सम्पत्ति पनि जफत हुने आदेश भएको छ ।
अख्तियारले मुद्दामा प्रतिवादी बनाएको कम्पनी सिजी डेभलपर्स प्रालिको नामा रहेको सम्पत्ति पनि जफत हुने आदेश भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार