प्रधानमन्त्री प्रचण्डले गरे पोखरा हेम्जाका बासिन्दासँग अन्तर्क्रिया (फोटोफिचर)
नेपालबहस संवाददाता
असार १५, २०८० शुक्रबार १७:३०:५६
१५ असार, पोखारा । अन्तर प्रदेश मुख्यमन्त्रीहरूको बैठकमा पोखरा आइपुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा आसपासका स्थानीयसँग अन्तरक्रिया गरेका छन् ।
शुक्रबार बिहान मुख्यमन्त्रीहरूको संयुक्त बैठकलाई सम्बोधन गरेपश्चात् प्रधानमन्त्री प्रचण्डले कास्कीको अन्नपूर्ण गाउँपालिका–२ हेम्जाका स्थानीयसँग अन्तरक्रिया गरेका हुन् । स्थानीय जनतासँगको अन्तरक्रियामा प्रधानमन्त्रीले गाउँको अवस्था, खेतीबाली, मौसम लगायतका विषयमा जिज्ञासा राखेका थिए ।
सो क्रममा अन्नपूर्ण गाउँपालिका वडा नं.२ का वडाध्यक्ष पिताम्बर भण्डारीले वडाको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । भण्डारीले कास्कीको विकासमा आगामी दिनमा प्राथमिकता दिन आग्रह गरेका थिए ।
सो अवसरमा प्रधानमन्त्रीले स्थानीयसँग अन्तरसंवाद गर्नुका साथै तस्बिर समेत खिचाएका थिए । साथै बुढापाकाहरूसँग सुख दुःखबारे भलाकुसारी समेत गरे । सो क्रममा प्रधानमन्त्रीले स्थानीय अवस्था र जनताका दुःख, चिन्ताबारे विशेष चासो राख्दै जिज्ञासा समेत राखेका थिए ।
तस्बिरहरू हेर्नुहाेस्ः
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
पुष ७, २०८१ आइतबार