देशको आमुल परिवर्तनका लागि सञ्चार क्षेत्रको भूमिका अहम छ, आवेग र निराशा बढाउने काम नगर्नूः सभामुख
नेपालबहस संवाददाता
असार १६, २०८० शनिबार ११:१२:२८
१५ असार, काठमाडौं । प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले देशको स्थिरता काम राख्न सञ्चार क्षेत्रको सबैभन्दा ठूलो महत्वपूर्ण भूमिका रहेको भन्दै पत्रकारहरूलाई विषयको महत्व विश्लेषण गरेर समाचार सम्प्रेषण गर्नु सुझाव दिएका छन् । उनले सञ्चार क्षेत्रले आवेग र निराशा बढाउने खालका भूमिका निर्वाह नगर्न आग्रह पनि गरेका छन् ।
संसदीय मामिला पत्रकार समाजको आठौं अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा सत्यमा आधारित समाचार सम्प्रेषण अहिलेका लागि आवश्यक भएको बताए । सभामुख घिमिरेले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकासँग सञ्चार क्षेत्रको निकट सम्बन्ध रहेको बताए ।
सञ्चार क्षेत्रको अधिकारलाई कुण्ठित गर्न नहुने भन्दै उनले यसमा भएका कमजोरी भने हटाउन आवश्यक भइसकेको बताए । सञ्चार क्षेत्रको महत्व धेरै, बन्द र खुला दुवै समाजमा सञ्चारको भूमिका महत्वपूर्ण छ, सञ्चार संसदको महत्वपूर्ण अंग हो । यसले आफ्नो जिम्मेवारी के हो भन्ने भुल्न हुँदैन, सभामुख घिमिरेले भने ।
नयाँ पुस्ता नयाँ मिडियामा अभ्यस्त रहेको भन्दै उनले मिडियासँग सम्बन्धित ऐन कानुन बन्ने क्रम जारी रहेको भन्दै उनले सञ्चारमूखी ऐनको पक्षमा आफूले सक्दो वकालत गर्ने बताए । घिमिरेले भने, ‘राजनीतिक परिवर्तनमा मिडियाको भूमिका छ । संसद र संसदीय गतिविधि प्रभावकारी बनाउन विश्लेषणात्मक समाचार जरुरी छ । ावेग र निराशा बढाउने भन्दा पनि अहिलेको परिवर्तनलाई संस्थागत गर्न सञ्चारको भूमिका महत्वपूर्ण हुन्छ ।’
सभामुख महत्वपूर्ण पद भए पनि संसद प्रभावकारी बनाउन यसका विभिन्न पक्षको भूमिका रहने उनको भनाइ छ । निष्पक्ष हुने सभामुख नेताको घरघर धाउन थाल्यो भन्ने विश्लेषण हुन थाल्यो भने यो टिप्पणीले हुँदैन । पत्रकारिताबाट सही तथ्यगत विश्लेषण आवश्यक छ, अहिले अराजकता देखिएको अवस्थामा सञ्चारबाट सही विश्लेषण आवश्यक छ। उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
पुष १९, २०८१ शुक्रबार