सुरक्षा परिषदको सुरक्षा सल्लाहकारमा सेनाका पूर्व जर्नेलहरुको रुची !
नेपालबहस संवाददाता
असार १६, २०८० शनिबार १३:५३:२
१६ असार, काठमाडौं । सरकारले राष्ट्रिय सुरक्षा परिषदमा कार्यविधिमार्फत राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेपछि सो पदमा नेपाली सेनाका पूर्व प्रधानसेनापति र पूर्व जर्नेलहरूले आँखा लगाएका छन् । राष्ट्रिय सुरक्षा परिषदमा सेनाकै तर्फबाट सुरक्षा सल्लाहकार हुनुपर्ने भन्दै उनीहरूले त्यसतर्फ आँखा लगाएका हुन् ।
पूर्व प्रधानसेनापति र जर्नेलहरू सुरक्षा परिषदमा सुरक्षा सल्लाहकार हुनुपर्ने लविङमा भएपनि यसअघि असफल हुँदै आएका थिए । तर सरकारले मुख्यसचिव शंकरदास बैरागीलाई व्यवस्थापन गर्ने नाममा सुरक्षा परिषदका सुरक्षा सल्लाहकार बनाएपछि पूर्व प्रधानसेनापति पूर्णचन्द्र थापा लगायतका अवकाशप्राप्त जर्नेलहरूले त्यसतर्फ आँखा लगाएका छन् । ‘सुरक्षा परिषदको राष्ट्रिय सुरक्षा सल्लाहकार हुनका लागि अवकाशप्राप्त जर्नेलहरूले चासो देखाउनु भएको छ’, रक्षा मन्त्रालय स्रोतले भन्यो ‘यो विषय प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पनि पुगिसकेको छ ।’
पूर्व मुख्यसचिव शंकरदास वैरागीलाई मन्त्रीसरह सुविधा पाउने गरी गत जेठ ३२ गते नियुक्ति गरेको थियो । तर उनी सुरक्षा सल्लाहकार बनेपछि राष्ट्रिय सुरक्षा परिषदको बैठक बसेको छैन । सुरक्षा परिषदमा प्रधानसेनापति सदस्य सचिव रहनेछन् । नेपाली सेनाले चाहेको पद खडा भएकाले त्यसलाई स्वागत समेत गरिसकेको छ । स्रोतका अनुसार सल्लाहकार बैरागीलाई जंगीअड्डामै बोलाएर स्वागत गरेको थियो ।
स्वागत कार्यक्रममा अवकाशप्राप्त दुई तारे जर्नेल एवं सुरक्षा परिषदका सह संयोजकहरू राजेन्द्र थापा, शिवराम प्रधान, काजीबहादुर थापा, गौरव तण्डुल, निरञ्जनकुमार श्रेष्ठका साथै विनय विक्रम राणाहरू सहभागी भएको स्रोतको दावी छ । राष्ट्रिय सुरक्षा परिषद सुरक्षा निकाय परिचालन गर्ने उच्च स्तरीय संयन्त्र हो।
यो प्रधानमन्त्रीको अध्यक्षतामा हुन्छ । यसमा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री,परराष्ट्रमन्त्री,अर्थमन्त्री, मुख्य सचिव,प्रधानसेनापति सदस्य रहन्छन् । नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह वा चरम आर्थिक विश्रृंखलताको कारणले गम्भीर संकट उत्पन्न भएमा राष्ट्रिय सुरक्षा परिषदको सिफारिसमा नेपाल सरकार, मन्त्रिपरिषदको निर्णय बमोजिम राष्ट्रपतिबाट नेपाली सेना परिचालनको घोषणा हुनेछ । नेपाली सेना परिचालनको घोषणा भएको मितिले एक महिनाभित्र प्रतिनिधि सभाबाट अनुमोदन हुनु पर्नेछ । यस्तो अवस्थामा राष्ट्रिय सुरक्षा परिषदको बैठक आवश्यक पर्छ ।
मुलुकमा चरम आर्थिक संकट रहेको बेला तत्काल नेपाललाई आवश्यक नरहेको सो पद सिर्जना गरेर कोही एक व्यक्तिलाई जागिर खुवाउने प्रबन्ध मात्रै गरिएको अवस्थामा सेनाले भने आवश्यक ठानेर असार ८ मा सल्लाहकार बैरागीलाई जंगीअड्डामै बोलाएर रात्रिभोजको आयोजना गरेको स्रोतको दावी छ ।
मोदीका सुरक्षा सल्लाहकार अजित डोभालसँग दाँज्दै
नेपालमा यो पदलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभालसँग दाँजिन थालिएको छ । दलगत व्यक्तिगत, राजनीतिक र प्रशासनिक स्वार्थका लागि राष्ट्रिय सुरक्षा परिषदका ऐन, नियम नै नबनेको अवस्थामा यसरी दाँज्न थालिएको हो । प्रशासनिक र राजनीतिक दलाली देशमा अनावश्यक पद र अवसर सिर्जना गरी राज्यको साधन स्रोत, शक्ति र सत्ताको दुरुपयोग गरी गराई लुट्ने कार्यमा राजनीतिक दल, दलका प्रभावकारी नेताहरू तथा उच्च प्रशासकहरूसमेत संलग्न रहेको सावित भएको अवस्थामा डोभालको पृष्ठभूमि नहेरी उनीसँग दाँजिनु अस्वाभाविक रहेको छ ।
नेपाल सरकारको निर्णयको कमजोरी लुकाउन भारतीय सुरक्षा सल्लाहकार अजित डोभाल गैर सैनिक भएकाे तर्क दिन भ्याएका छन् । तर डोभालले भारतीय प्रहरी सेवा (आईपीएस) मा प्रवेश गरेर आफ्नो क्यारियरको अधिकांश समय आईबीको जासुसको रूपमा बिताउँदै जासुस र गुप्तचर प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।
उनले अपरेशन ब्ल्याक थन्डर १९८८, इराकमा ४६ जना भारतीय नागरिकको उद्धार, सन् २०१५ मा भारत र बर्माको सिमानामा भारतीय सेनाले ब्रह्मेली बिद्रोहीमाथि गरेका अपरेशनको नेतृत्व, २०१६ मा पाकिस्तानमा सर्जिकल स्ट्राइक, आतंकवादी संगठन पीएफआईलाई ध्वस्त पार्ने अपरेशनलगायत धेरै सुरक्षा कारबाहीमा सरिक भएका थिए ।
भारतकाे हितका लागि करिब सात वर्षसम्म मुस्लिम साधुकाे भेषभूषामा पाकिस्तानमा नै रही जासुसी गरेका थिए । भारतको राष्ट्रिय सुरक्षामा योगदान पुर्याएकाेले भारतीय सेनालाई मात्र प्रदान हुने कीर्ति चक्र नामक उच्च पदकबाट समेत विभूषित व्यक्तित्व हुन् । नेपालमा यस्ता व्यक्ति कमै हुन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली सेनाद्वारा 'प्रेसर कुकर बम' निष्क्रिय
पुष ५, २०८१ शुक्रबार
प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता
मंसिर ३०, २०८१ आइतबार
प्रधानसेनापति सिग्देलले गरे भारतीय अधिकृत क्याडेटको कवाज निरीक्षण
मंसिर २९, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
एमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
पुष ७, २०८१ आइतबार
प्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार