अति भैसक्यो, अब त छानविन गर्ला कि हवाई अड्डाका महानिर्देशक अधिकारीलाई अख्तियारले ?
नेपालबहस संवाददाता
असार १६, २०८० शनिबार १४:४८:२५
१५ असार, काठमाडौं । कुनै बेला सडक इन्जिनियरबाट अवकाश पाएर आयल निगम छिरेका तत्कालीन प्रबन्ध निर्देशक गोपाल खड्काले विभागीय निर्देशनका कुरै छाडिदिऊँ, कुनै पनि व्यक्ति वा मन्त्रीलाई समेत गनेनन् । उनको एक मात्र ध्याउन्न हुन्थ्यो– कहाँबाट कसरी मोटो रकम हसुर्ने ?
आयल निगमको नेतृत्व गर्ने मौका पाउँदा निज खड्काले निगमलाई उकास्नुभन्दा घिसार्ने र धसाउने तिर दिलोज्यान दिए । चलनचल्तीकाे भन्दा चारगुना महँगोमा निगमलाई जग्गा भिराए । खड्काको चलखेल पत्रपत्रिकाबाट बाहिरियो । तर, खै कसको आशीर्वादले हो, त्यता तिर सोधीखोजी नै भएन । होस् पनि किन ?
तत्कालीन शक्तिशाली अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीसँग उनको उठबस थियो । गर्नु–नगर्नु गर्दै जाँदा लोकमान आफैकाे अख्तियार बर्हिगमन पछि बल्ल गोपाल खड्काका भ्रष्टाचार प्रकरण खोदलियो अनि अख्तियारले ५ वर्षअघि झोसेको भ्रष्टाचारको आगोले बल्ल गत शुक्रबार उसको आर्थिक साम्राज्य ढाल्ने फैसला विशेष अदालतबाट आएको छ । अदालतको फैसला कार्यान्वयन हुँदा झण्डै–झण्डै अर्वपतिको लाइनमा रहेका गोपाल खड्का सडकपति पनि हुने हुन कि होइनन् ? हेर्दै गर्नु पर्ला ।
हो, ठ्याक्कै गोपाल खड्काको कार्यशैली सम्झाउने हवाई अड्डाका महानिर्देशक प्रदीप अधिकारीको पनि कार्यशैली उस्तै हो । ई. प्रदीप अधिकारीको पनि अख्तियारमै वा अन्यत्र कतै बलियो संरक्षणकर्ता हुनै पर्ने हो । अन्यथा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २०७९ वैशाख २१ गते दर्ता भएको सि–०३९९७७ को उजुरी उपर १५ महिना पुग्नै लाग्दा समेत अनुसन्धान भए–नभएको अत्तोपत्तो छैन । आफूभन्दा वरिष्ठलाई पछि पारेर नागरिक उड्डयन विभागको महानिर्देशक हुन सफल ई. प्रदीप अधिकारीले भैरहवा, पोखरा, काठमाडौं विमानस्थलमा के–कसरी भ्रष्टाचार गरेका छन् ? छर्लङ्ग छ ।
अहिले मिडियाले महानिर्देशक अधिकारीमाथि लगाएका आरोप त्यति बेलै दर्ता गरिएको उजुरीमा उल्लेख थियो । प्रक्रिया पूरा नभइकनै हतार हतारमा पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलको चावी चीनका विदेशमन्त्रीको नेपाल भ्रमणको मौका छोपेर हस्तान्तरण गरिनु मै महानिर्देशक अधिकारी भ्रष्टाचारको आरोपबाट डामिनबाट जोगिनुको प्रयास थियो ।
चिनियाँ सरकारकै सहयोगमा निर्माण भएको उस्तै प्रकृतिको लुम्बिनीकाे भन्दा पोखराको विमानस्थल कयौं गुणा लागत बढी हुनु नै आर्थिक अनियमितता बढी गरिनु हो भन्ने सबैले देखे जानेकै विषय थियो । पोखरा विमानस्थलको चावी हस्तान्तरण गरिँदा विमानस्थलमा चाहिने एटीएफ, फ्यूल स्टोर लगायतका थुप्रै संरचनाहरू निर्माणतर्फ सुरसार नै देखिएको थिएन । उडान र अवतरण कार्यको सहजताका लागि डाँडा कटान कार्य पनि आधाआधी बाँकी नै थियो । हस्तान्तरणको एक वर्षपछि बल्ल मिडियाले उठाएका विषयमा मन्त्रालयको ध्यान पुगेको छ र विभागीय मन्त्रीले स्पष्टीकरण समेत मागेका छन् । तर, कुन्नि कस्को आड बलमा हो, महानिर्देशक अधिकारीले उक्त स्पष्टीकरणको जवाफ नदिने अहमपना देखाएका छन् ।
११ औं तहका सिभिल इन्जिनियरको योग्यता भएका प्रदीप अधिकारी नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक कसरी बन्न सके ? यतातिरको पाटो कोट्याउने हो भने पोखरा विमानस्थलमा भएको आर्थिक अनियमितताको उजागर पक्कै पनि हुनेछ । पोखरा विमानस्थल निर्माण आयोजनाका आयोजना प्रमुखका रुपमा लामो समय जिम्मेवारी बहन गरेका प्रदीप अधिकारीले त्यहाँ गरेको आर्थिक अनियमितताको थैली शक्तिकेन्द्रमा बुझाउन सकेकै कारण आफूभन्दा अनुभवी र जेष्ठ सदस्यलाई पछारेर महानिर्देशक पद हात पारेको कतैबाट छिप्दैन । नत्र हवाई उड्डयन (एभियसन) सम्बन्धी अनुभव, ज्ञान नै नभएको सिभिल इन्जिनियरले हवाई उड्डयनको प्रमुख पद हासिल गर्न सक्ला ? कल्पना गर्न पनि सकिँदैन ।
४३ वर्षीय अधिकारी लमजुङबाट चितवनको चैनपुर बसाई सरेका हुन् । सातौं तहमा २०६४ मा नागरिक उड्डयन प्राधिकरणमा प्रवेश गरेका अधिकारी २०७४ मा मात्रै आठौं तहमा बढुवा भएका थिए । हाल ११ औं तहमा रहेका उनी आफूभन्दा आधा दर्जन बढी वरिष्ठ एवं दक्ष प्रतिस्पर्धालाई पछाडि पारेर महानिर्देशकमा छानिएका हुन् ।
विगतमा प्रत्येक परियोजनामा फरक–फरक व्यक्ति आयोजना प्रमुख रहँदै आएकोमा अधिकारीले आर्थिक प्रभावमा पारेर तत्कालीन प्राधिकरण महानिर्देशक संजीव गौतम महानिर्देशक भएपछि पोखरा, भैरहवा र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको परियोजनामा प्रमुख बनेर आर्थिक रुपमा दाँई खेल्ने कसरत सुरु गरेका हुन् । यिनले काठमाडौं विमानस्थल परिसरमा पनि व्यक्तिलाई व्यवसायिक भवन निर्माण गर्न दिएर मोटो रकम लाभ लिएको चर्चा छ । ३ वटै ठूला परियोजनाको आयोजना प्रमुख भएकै बेला उनी ‘सिभिल चिफ’ पनि बने । एकातिर ठूला आयोजनाको आयोजना प्रमुख र अर्कातिर कार्यालयको ‘सिभिल चिफ’ बनेर उनले गर्नुसम्मको आर्थिक घोटाला गरेको बताइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्राधिकरणलाई २१ करोड तिरेर टेलिकमले लियो लाइसेन्स
बैशाख २८, २०८१ शुक्रबार
एक महिना अघि नै इजरायलबाट आउने भनेको जहाज आएन, यति बेला आएर छानबिन उपसमिति गठन
बैशाख २८, २०८१ शुक्रबार
बन्द भएको बेलको जुस उद्योग सञ्चालनको तयारी
बैशाख २८, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मुत्यु
जेठ ४, २०८१ शुक्रबार
बागमती प्रदेशसभाका चारवटा समिति सभापतिमा मनोनयन दर्ता
जेठ ४, २०८१ शुक्रबार
‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’
जेठ ४, २०८१ शुक्रबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार
दाङमा बस दुर्घटना हुँदा १० यात्रु घाइते
जेठ ४, २०८१ शुक्रबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा एक सय ५५ दिन म्याद थप
जेठ ४, २०८१ शुक्रबार