प्राविधिक परीक्षणका लागि श्री एअरलाइन्सका सबै उडान स्थगित
नेपालबहस संवाददाता
असार १७, २०८० आइतबार ९:७:५६
१७ असार,काठमाडौं । आज श्री एयरलाइन्सका सबै उडान स्थगित हुने भएका छन् । श्री एअरलाइन्स प्रालिले आज आइतबारका लागि पूर्व निर्धारित सबै उडानहरू स्थगित गरेर विमान परीक्षण गर्ने भएको हो ।
एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले शनिबार जारी गरेको प्रेस नोट अनुसार आइतबारका सबै उडान स्थगित गरिएको छ । उनका अनुसार श्री एअरलाइन्सका सबै उडान स्थगित गरी आइतबार दिनभर कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको छ ।
सोमबारदेखि भने सबै उडान नियमित रुपमा सञ्चालन हुनेछन् । शनिबार काठमाडौंबाट धनगढीका लागि दिउँसो ३ः३० बजे उडेको विमानमा प्राविधिक समस्या आएको थियो । जस कारण धनगढी उडेको सो विमान पुनः काठमाडौं नै फिर्ता गरी अवतरण गराईएको थियो ।
सो घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय लिएको श्री एअरलाइन्सले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
पुस १३ गतेदेखि हेटौँडा सिमेन्ट उद्योगले उत्पादन थाल्ने
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
एचआईभी संक्रमित निःशुल्क स्वास्थ्य बिमाको सुविधाबाट वञ्चित
पुष ८, २०८१ सोमबार
विश्वको सबैभन्दा सानो शहर, जहाँ बस्छन ५२ जना मात्रै
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
पोर्चुगलमा घुम्ती सेवाबाट तीन हजारभन्दा बढीले लिए सेवा
पुष ८, २०८१ सोमबार
सुपारी निकासा बढाउन उत्पादन वृद्धि हुनुपर्नेमा सांसदहरुको जोड
पुष ८, २०८१ सोमबार