छत्तिसगढमा धेरै बच्चा जन्माउने प्रहरी हवल्दार निलम्बनमा
नेपालबहस संवाददाता
असार १७, २०८० आइतबार १०:३८:१०
१७ असार, नयाँ दिल्ली । छत्तीसगढको बालोदमा चौथो बच्चा जन्माउने तयारी गरेको आरोपमा एक प्रहरी हवल्दारलाई निलम्बन गरिएको छ ।
प्रहरी हवल्दारका तीन छोरी छन् भने छोराको चाहनामा चौशथी सन्तान आउन लागेको बेला पीता प्रह्लाद सिंहलाई निलम्बन गरिएको हो ।
हवल्दारले आफ्नी श्रीमतीको सुत्केरी भएको भन्दै ८ दिन विदा मागेका थिए । परिवारका सदस्यको संख्या सार्वजनिक हुने बित्तिकै नयाँ जनसङ्ख्या ऐनअनुसार उनलाई निलम्बन गरिएको छत्तिसगढ प्रहरीले जनाएको छ ।
राष्ट्रिय जनसङ्ख्या नीति र छत्तीसगढ निजामती सेवा आचरण, १९६५ को नियम ३ ९१० को उल्लङ्घनका कारण हवल्दारलाई निलम्बन गरिएको हो । यस अन्तर्गत २६ जनवरी २००१ वाट दुईभन्दा बढी सन्तान जन्मेमा सरकारी सेवाका लागि अयोग्य ठहरिने भएकाले हवल्दार प्रह्लाद सिंहलाई निलम्बन गरिएको हो ।
यसैगरी, थप अनुसन्धान गर्दा दुई जना हेड हवल्दारले पनि यो कानुन उल्लंघन गरेको पाइएपछि उनीहरूलाई पनि कारण देखाउ नोटिस जारी गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायल पछि हटे पछि ३ लाख विस्थापित गाजामा फर्के
माघ १६, २०८१ बुधबार
कैलाश दर्शनका लागि चीन भारतबीच ५ बर्ष पछि सिधा उडान हुँदै
माघ १६, २०८१ बुधबार
सशस्त्रमा दुश्मन हेरेको हेर्यो भन्ने गीतको चर्चा !
माघ १६, २०८१ बुधबार
कालीकोटमा प्रथम टी–२० पुरुष क्रिकेट प्रतियोगिता सुरु
माघ १६, २०८१ बुधबार
प्रधानमन्त्रीबाट शहिद स्मारक र शहीदगेटमा पुष्पहार अर्पण
माघ १६, २०८१ बुधबार
सिटिजन्स बैंकका ग्राहकलाई नक्सालस्थित बाईकर्स क्याफेमा विशेष छुट
माघ १६, २०८१ बुधबार
इजरायल पछि हटे पछि ३ लाख विस्थापित गाजामा फर्के
माघ १६, २०८१ बुधबार
कैलाश दर्शनका लागि चीन भारतबीच ५ बर्ष पछि सिधा उडान हुँदै
माघ १६, २०८१ बुधबार