हिमाल दोलखा हाइड्रोपावर कम्पनीको हकप्रद शेयरमा असार २५ गतेसम्म आवेदन दिन सकिने
नेपालबहस संवाददाता
असार १७, २०८० आइतबार १०:४४:२०
१७ असार, काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको हकप्रद शेयरमा असार २५ गतेसम्म आवेदन दिन सकिने भएको छ ।
यसअघि कम्पनीले असार १० गतेसम्म हकप्रद शेयरमा आवेदन दिन सकिने व्यवस्था गरेको थियो । तर त्यस अवधिमा सबै नबिके पछि समय थपिएको हो । थपिएको समय अनुसार अब असार २५ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ ।
हिमाल दोलखाले जेठ २२ गतेदेखि ७५५ हकप्रद शेयर बिक्री खुला गरेको हो । यसले १ः०.७५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद शेयर जारी गरेको छ ।
जसअनुसार यस कम्पनीले १ अर्ब २० करोड रूपैयाँ बराबरको हकप्रद शेयर बिक्रीमा ल्याएको छ । हकप्रद शेयरको लागि यस कम्पनीले वैशाख २७ मा बुक क्लोज गरेको थियो । वैशाख २६ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद शेयर भर्न पाउँछन् ।
यस हकप्रद शेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्ने क्षमता उच्च जोखिममा रहेको संकेत गर्दछ । कम्पनीको हकप्रद सेयरमा लक्ष्मी क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ ।
हकप्रदमा लक्ष्मी क्यापिटल तथा हिमाल दोलखा हाइड्रोपावर र लक्ष्मी बैंकको इलाम शाख कार्यालयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सकिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालले ८८ प्रतिशत हकप्रद शेयर जारी गर्दै
मंसिर ७, २०८१ शुक्रबार
अपि पावरको साधारण सभाले पारित गर्यो ४९ मेगावाटमा लगानी गर्ने प्रस्ताव
कात्तिक १२, २०८१ सोमबार
विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन
कात्तिक ११, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कस्तो छ आजको तरकारी भाउ ?
मंसिर ९, २०८१ आइतबार
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
मंसिर ९, २०८१ आइतबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार
मंसिर ९, २०८१ आइतबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार