क्रसर व्यवसायीमा ६० अर्ब लगानी, ३० हजारलाइ रोजगारी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १७, २०८० आइतबार ११:९:३२
![](https://nepalbahas.prixacdn.net/media/albums/newskarkahna-news534911._5bRHix1sKT_Iqkih42Rr6.jpg)
१६ असार, महोत्तरी । क्रसर व्यवसायीहरूले सरकारले हेर्ने गलत दृष्टिकोण कै समस्या बनिरहेको गुनासो गरेका छन ।
नेपाल क्रसर तथा खानी उ व्यवसायी संघ मधेश प्रदेशको प्रादेशिक कार्यालय बर्दिबासमा आयोजना भएको पत्रकार सम्मेलनमा व्यवसायीहरूले सबैभन्दा बढी कर तिर्ने क्रसर व्यवसायीहरूलाई विभेदको नीति बनाएको आरोप लगाए ।
पछिल्लो समय सरकारले तिर्नुपर्ने कर असार मसान्तसम्म तिरि सक्नुपर्ने तर नवीकरणको विषयमा नखुलाए पछि अहिले देशैभरिका व्यवसायीहरू आन्दोलित छन ।
मापदण्डका नाममा सरकारले व्यवसायीहरूको घाँटी निमोठेको उनीहरूको आरोप छ । ११ पुस, २०७९ मा मन्त्री परिषदको निर्णयमा सरकारले दर्ता भई संचालनमा रहेका तर मापदण्ड लगायतका कारण नवीकरण हुन नसकेका क्रसर उद्योगको हकमा ति उद्योगबाट कानुन वमाेजिम लाग्ने कर, दस्तुर लगायतका राजस्व लिएर २०८० असार मसान्तसम्म संचालन गर्न पाउने प्रावधान बनाएको थियो ।
क्रसर तथा खानी उद्योग व्यवसायी संघ महोत्तरीका संयोजक हर्क तामाङ्गले मिडियाले समेत आफुहरुको दुख बुझ्न नसकेको गुनासो गरे । हरेक विषयमा सरकारलाई कर तिरेको र अवैध उत्खननलाई कहिल्यै प्रश्रय नदिएको उनको गुनासो छ । मिडियाले क्रसरका भित्री कथाहरू बुझ्न नसक्दा कतिपय गलत समाचार समेत सम्प्रेषण भएको व्यवसायीहरूको गुनासो छ ।
क्रसर तथा खानी उद्योग व्यवसायी संघ मधेश प्रदेशका उपाध्यक्ष बिनोद शाहले मिडियासँग व्यवसायीहरूको दुरी टाढा भएका कारणले पनि कतिपय समाचार गलत गएको हुन सक्ने स्वीकार गरे । आफुहरु सधैं चुरे जोगाउने अभियानमा रहेको बताउँदै पर्यावरणलाई असर पर्ने गरी कुनै पनि क्रियाकलाप नगरेको पनि व्यवसायीहरूको तर्क छ । प्रकृतिमा उत्पादित वस्तुहरू प्रयोग गर्न सकेमात्र देश विकास हुन सक्ने बताउदै पूर्व उर्जा तथा जलस्रोत मन्त्री सम्भुलाल श्रेष्ठले खनिज पदार्थ मापदण्ड अनुसार गर्ने पर्नेमा जोड दिए ।
अहिले चुरेमा भू-स्खलन आएको वताउदै चुरेवाट वगेका ढुंगा, माटोले नदीको सतह माथी पुर्र्याउने हुदाँ नदी उत्तखनन जरुरी नै भएको उन्को तर्क छ । 'नदीको सतह माथी पुग्दा कतिपय ठाउँ मरुभूमिकरण समेत वनिरहेको छ, त्यसैले मापदण्डमा आधारित रहेर उत्तखनन गर्ने पर्छ,' उनले भने । सर्लाहीको फुलाजोरमा भएको उत्तखननलाइ श्रेष्ठले उदाहरणको रुपमा प्रस्तुत गरेका छन् । अहिले नेपालभरी क्रसरमा मात्र ६० अर्व लगानी भएको छ भने झन्डै ३० हजारले प्रत्यक्ष रोजगारी पाएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयल निगमद्वारा इन्धनको मूल्य समायोजनः पेट्रोलको बढ्यो, डिजेल र मट्टीतेलको घट्यो
फागुन ३, २०८१ शनिबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार