‘कृषि विकास बैंकबाट बिचौलिया र ठगले मात्र ऋण पाउँछन्’
नेपालबहस संवाददाता
असार १७, २०८० आइतबार १३:१४:१
१७ असार, काठमाडौं । सरकारको स्वामित्वमा संचालित कृषि विकास बैंकबाट असल व्यक्ति र व्यवसायीले ऋण पाउन नसकेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा मुलुक संहितासम्बन्धी केही संशोधन गर्न बनेको विधेयकमाथि धारणा राख्दै सांसद प्रदीप यादवले कृषि विकास बैंकबाट ठगी र बिचौलिया तथा दलालले मात्र ऋण पाइरहेको बताए ।
मुलुकी संहिता संशोधन गर्न गरिब र श्रमिक वर्गलाई बैंकबाट सहज रुपमा ऋण उप्लब्ध हुने र चर्को ब्याजमा ऋण लगानी गर्ने वित्तीय संस्था र साहुलाई कारवाहीको दायरामा ल्याउने गरी संशोधन गर्नुपर्ने बताए ।
मधेशका जनताको करबाट सरकारलाई ढिकुटी बनाउन ठूलो योगदान रहेपनि बैंक ऋणमा भने सभ्रान्त वर्ग र दलाललाई पोस्ने अहिलेका व्यवस्थालाई परिवर्तन गर्न आवश्यक रहेको बताए । नक्कली ऋणी र बैंकबाट सस्तो ब्याजदरमा ऋण लिई व्यक्तिरुपमा तमसुक बनाएर चर्को ब्याजमा ऋण दिने र उठाउनेबेला ६÷६ महिनामाब्याज बढाए असुल्नेलाई कारवाहीबाट उम्किन नसक्ने गरी संशोधन गर्नुपर्ने बताए ।
सांसद नागिना यादवले १० हजार साँवालाई १० वर्षमा १० लाख प्र्याएर साँवा ब्याज उठाउनेलाई कारवाहीको दायरामा ल्याउने गरी संशोधन गर्नुपर्ने बताइन् । सांसद सुमाना श्रेष्ठले टयाक्सी मिटर गुमेझैं मिटरसरह घुमाएर चर्को ब्याज लिनेलाई अनुचित लेनदेन कसुरमा कारवाही गर्न सकिने गरी संशोधन गर्नको विकल्प नरहेको बताइन् ।
सांसद रञ्जुकमारी झाले मिटरब्याजीलाई फौजदारी कसुरमा कारवाही गर्न मिल्ने गरी कानून संशोधन गर्नुपर्ने बताइन् । उनले फौजदारी कानूनअन्तर्गत कारवाही चलाउँदा बैंक, वित्तीय संस्था र सहकारीमा पर्ने गरी संशोधन गर्नुपर्नेमा जोड दिए । उनले फौजदारी कसुरलाई मात्र हेर्दा प्रहरीले शक्ति र अधिकार दुरुपयोग गरेर निर्दोषलाई फसाउने र दुःख दिने अवस्था आउन सक्नेबारे सचेत रहनुपर्ने तर्फ ध्यान दिनुपर्ने बताए ।
सांसद प्रमु साहले मिटरब्याजीविरुद्ध फौजदारी कसुरमा कारवाही गर्दा समाजमा चलनचल्तीमा रहेका लेनदेन ठप्प हुने अवस्थासक्ने तर्फ ध्यान दिनुपर्ने बताए । बैंकले सबै नागरिकलाई सहज रुपमा ऋण उप्लब्ध गर्नसक्ने बताए । बैंकले सहज रुपमा ऋण नदिँदा विहेप्रतबन्ध, काजक्रियाका बेला जस्तोसुकै दरका ब्याज स्वीकारेर व्यक्तिबाटै ऋण लिनुपर्ने अवस्था रहेको भन्दै त्यो अवस्था मेटिन नदिने गरी संशोधन गर्नुपर्ने बताए ।
सांसद गणेश पराजुलीले नागरिकले व्यक्तिसँग लिइने ऋणमा १० प्रतिशत मात्र ब्याज लिन पाउने व्यवस्था रहेको र बैंकले चांहि १६ प्रतिशतसम्म ब्याज लिने व्यवस्था रहेबाट कानूनमै विरोधाभास रहेको बताए । सांसद रोशन कार्कीले मिटरब्याजीले ऋण प्रवाशमा बैंकलाई समेत विस्थापित गर्ने अवस्था रहेको भन्दै निसंकोच रुपमा मिटरब्याजीलाई कारवाही गर्ने गरी कानून संशोधन गर्नुपर्ने बताइन् ।
बैंकले सस्तो दरम ब्याजदरमा दिने व्यवस्था रहेपछि ऋण लिँदा अपनाउनुपर्ने झन्झटिलो प्रावधान र सडक चलेकै जमिन हुनुपर्ने व्यवस्थाले उच्च वर्गको हितमा बैंकले काम गरिरहेको अवस्थालाई भत्काउनुपर्ने बताइन् ।
सांसद सबिता गौतमले वित्तीय संस्थाले ब्याजलाई साँवामा जोडेर लैजाने व्यवस्था गर्नुपर्ने बताइन् । उनले ऋणमा बैकिङ नीतिमा आमूल परिवर्तन हुन आवश्यक रहेको बताइन् । सदनमा विधेयक ल्याउँदा समय राखेर सूचना दिनुपर्ने भन्दै अकस्मात रुपमा विधेयक ल्याउँदा अध्ययन गर्न समय नपाएको गुनासो गरिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमता घरेलु लघुवित्तको सभा आज, शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्टको सभा आज, शेयरधनीलाई लाभांश नदिने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्ट लघुवित्तको साधारणसभा कहिले ?
चैत २८, २०८० बुधबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार
सरकारले ब्यान्डविथको भुक्तानी नतिरेका कारण भारतबाटै इन्टरनेट सेवा प्रभावित
बैशाख २०, २०८१ बिहिबार
खराब कर्जाले बैंकिङ क्षेत्र प्रभावित हुँदा सिटिजन्स बैंक भने खराब कर्जा घटाउन सफल
बैशाख २०, २०८१ बिहिबार
रौतहटको माधवनारायणमा आगलागी हुँदा ५ घर जलेर नष्ट, ७ लाख बढीको क्षती
बैशाख २०, २०८१ बिहिबार
देशभर इन्टरनेट सेवामा समस्या
बैशाख २०, २०८१ बिहिबार
राष्ट्रपति पौडेलद्वारा संसद अधिवेशन आव्हान
बैशाख २०, २०८१ बिहिबार