बालेनको निर्देशनमा ललितानिवासको जग्गामा तारबार लगाइँदै
नेपालबहस संवाददाता
असार १७, २०८० आइतबार १५:२०:०
१७ असार, काठमाडौं । काठमाडौं महानगरपालिका पालिकाले मालपोत कर्मचारी, नेता र बिचौलियाले हिनामिना गरेको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको ललितानिवास जग्गामा तारबार लगाउने भएको छ । तारबार लगाउन महानगरका प्रमुख बालेन्द्र साह ‘बालेन’को निर्देशनमा आइतबार महानगर प्रहरीका प्रहरी निरीक्षक ईश्वर वाग्लेको नेतृत्वमा टोली दिउँसो ललितानिवासमा पुगेका छन् ।
जग्गा एकिन गरेपछि तारबार गर्ने योजना रहेको प्रहरीले जनाएको छ । ललिता निवासको करिब १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा दर्जनौं व्यक्तिविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेको छ । सीआईबीले पक्राउ गरेका व्यापारी मिनबहादुर गुरुङ, भक्तपुर मालपोतका पूर्वप्रमुख सुधिर शाह, डिल्लीबजार मालपोतका प्रमुख धर्मप्रसाद गौतमसहित ३ जना प्रहरी हिरासतमा छन् । जग्गा हिनामिनामा १७५ मुद्दा विचराधीन छ । झुुटा विवरण, कीर्ते लिखत र नक्कली मोही र गुठी खडा गरेर हिनामिना गरेको आरोपमा अुनसन्धान भइरहेको छ ।
महानगर प्रहरीले ललिता निवास क्षेत्रको सार्वजनिक जग्गामा बनेको अस्थायी टहरा हटाउन निर्देशन दिएको छ । ललिता निवासले चर्चेको सार्वजनिक जग्गामा झण्डै दुई दर्जन साना ठूला टहरा बनेका छन् । बनेका सबै अस्थायी संरचना हटाएर तारबार गर्ने वाग्लेले बताए ।
सार्वजनिक जग्गामा बनेको अस्थायी संरचना जति खाली गरेर अहिले कम्पाउण्डिङ गर्ने र ठूला तथा पक्की संरचनामा अर्को निर्णय गरेर कारबाही गर्ने बालेनले निर्देशन दिएको टोलीले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार