पीडितलाई न्याय र पीडकलाई कारबाही हुन्छ, वित्तीय अनुशासन उल्लंघन गर्नेमाथि कारवाही हुन्छ: मन्त्री गुरुङ
नेपालबहस संवाददाता
असार १७, २०८० आइतबार १५:४४:२५
१७ असार, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले वित्तीय अनुशासन उल्लंघन गर्ने जो कोहीलाई पनि सरकारले कारवाही गर्ने बताएका छन् । उनले सरकारले अवैध सम्पत्तिलाई नियन्त्रण गर्ने कुरामा कसैसँग सम्झौता नगर्ने दावी गरेका छन् ।
आइतबार प्रतिनिधिसभाको दोसो बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले कालो धन, अवैध सम्पत्तिलाई नियन्त्रण गर्ने कुरामा सरकारले ठूलो–सानो, दायाँ–बायाँ केही पनि नहेर्ने बताए ।
मन्त्री गुरुङले सरकार पीडितलाई न्याय दिने र पीडकलाई कारबाही गर्ने कुरामा पछि नपर्ने पनि पटक–पटक दोहोर्याए । उनले भने, ‘कालोधन, अवैध सम्पत्तिलाई नियन्त्रण गर्नुपर्ने कुरामा दुई मत रहेन । यसको हेलचक्य्राइँ भइरहेको सन्दर्भ उठेको छ । पटक्कै हेलचक्य्राइँ गर्न खोजिएको छैन । माथि होस कि तल । दायाँ होस कि बायाँ कोही पनि पीडकलाई छोडनु हुन्न र छोडिन्न ।
सरकार जहिले पनि न्यायाका पक्षमा उभिने र यसका कुनै किसिमको कमजारी हुन नदिने बताए । ‘हामी पीडितको पक्षमा उभिन्छौं भने माथिलाई छोड्ने, तललाई समात्ने हुँदै होइन । सरकार अहिले त्यही बाटोमा अघि बढिराखेको छ । ठूलो–सानो हामी हेर्दैनौं । अनुहार पनि हेर्दैनौं । राजनीतिक पार्टी पनि हेर्दैनौं ।’ मन्त्री गुरुङले वित्तीय अनुशासन उल्लंघन गर्नेहरूलाई कुनैपनि बहानामा सरकारले नछोडने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार
बीआरआईमा ऋण लिने विषयमा कांग्रेसले प्रधानमन्त्रीलाई सहमती दिन सक्दैनः गृहमन्त्री
मंसिर ६, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा
मंसिर ५, २०८१ बुधबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
नेपाल एयरलाइन्सले रुट अनुसार अन्तर्राष्ट्रिय उडानमा २५०० देखि ५ हजारसम्म घटायो भाडा
मंसिर ६, २०८१ बिहिबार
गौतम अडानीमाथि लगाइएको आरोप अदानी समूहले खारेज गर्यो, भन्यो- यी आरोप निराधार छन्
मंसिर ६, २०८१ बिहिबार