सात दिनभित्र ललितानिवास भित्रका संरचना हटाउन महानगरको अल्टिमेटम, अटेर गरे डोजर चलाइने
नेपालबहस संवाददाता
असार १७, २०८० आइतबार १७:४१:२९
१७ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले ललितानिवासको जग्गाभित्र रहेका संरचना हटाउन सातादिनको समय दिएको छ । यस क्षेत्रभित्र थप संरचना नबनाउन र भएका संरचना हटाउन महानगरले निर्देशन हो । संरचना हटाउन अटेर गरे महानगरले डोजर लगाएर भत्काउने भएको छ ।
आइतबार बालुवाटारस्थित ललितानिवासको जग्गामा तारबार लगाउन महानगले टोली पठाएको थियो । महानगर प्रहरीको टोलीले सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी स्थानीय सरकारको भएकाले उक्त जग्गाभित्र रहेका संरचना हटाउन र नयाँ संरचना नबनाउन महानगरको निर्देशनबारे जानकारी दिएको छ । अन्यथा महानगर आफैंले हटाउने चेतावनीसमेत दिइएको छ ।
ललिता निवासको जग्गामा निर्माण भएका अस्थायी वा अनधिकृत संरचना काठमाडौं महानगरपालिकाले हटाउने भन्दै टोली पठाएको हो । महानगरको टोली ललिता निवास परिसरमा पुगेर ललिता निवासमा संरचना हटाउन सूचना टाँस्दै त्यस क्षेत्रलाई तारबारले घेरा गर्ने तयारी गरेको छ ।
महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार महानगरको स्वीकृति बिना निर्माण भएका वा निर्माणाधीन संरचना हटाउन भन्दै सूचना टाँसिएको हो । साथै उक्त क्षेत्रलाई तार घेराबारका लागि पनि महानगरको प्राविधिक टोलीले तयारी गरिरहेको पाण्डेले बताए ।
मेयर बालेन्द्र शाहका स्वकीय सचिव भुपदेव शाहले सार्वजनिक जग्गा संरक्षण गर्ने दायित्व स्थानीय सरकारको भएकाले तारघेराबारा गर्न लागिएको बताए । उनले भने, ’हामीले सोमबारसम्म ललिता निवासभित्र बनाइएका अस्थायी र अनुमति नलिइकन बनाइएका संरचना हटाउन भनेर माइकिङ गरेका छौं ।’
ललिता निवासको जग्गा गैरकानुनी रुपमा व्यक्तिका नाममा सारेर भ्रष्टाचार गरेको आरोपमा निर्वाचन आयोगका पूर्वआयुक्त, भाटभटेनी सुपरमार्केटका संचालकसहित चार जना प्रहरी हिरासतमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार