विकासशील मुलुकमा पुर्याउने रणनीतिसम्बन्धी मस्यौदामाथि छलफल
नेपालबहस संवाददाता
असार १७, २०८० आइतबार १७:४४:११
१७ असार, काठमडाैं । नेपाललाई अतिकम विकसित मुलुक (एलडिसी)बाट विकासशील मुलुकमा स्तरोन्नति गर्ने रणनीति तर्जुमाको मस्यौदामाथि छलफल भएको छ । आज राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले रणनीतिसम्बन्धी मस्यौदामाथि छलफल गरेको हो ।
संयुक्त राष्ट्रसंघको विकास नीति समितिले सन् २०२१ मा अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि नेपाललाई सन् २०२६ भित्र स्तरोन्नतिमा पुर्याउने गरी काम गर्न सिफारिस गरेको थियो ।
उपाध्यक्षको अध्यक्षमा रहेको निर्देशक समितिमा अर्थ सचिव, परराष्ट्र सचिव, शिक्षा मन्त्रालयका सचिव, उद्योग वाणिज्य मन्त्रालयका सचिव साथै निजी क्षेत्रहरुबाट समेत प्रतिनिधित्व छ ।
विकासशील मुलुकमा स्तरोन्नति भएपछि प्राप्त हुने लाभलाई अधिकतम उपभोग गर्न र विकासशील मुलुकमा स्तरोन्नति भइसकेपछि आउने चुनौतीहरुको सामना प्रभावकारी रुपमा गर्नका लागि रणनीति बनाइरहेको उपाध्यक्ष डा. श्रेष्ठको भनाइ छ ।
आयोगका अध्यक्ष प्रधानमन्त्री रहने कानूनी व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडोल्पामा आगलागी हुँदा एक जनाको मृत्यु
माघ १६, २०८१ बुधबार
गीतकार शाहलाई ‘बिजुलीमाया वनः श्रेष्ठ’ पुरस्कार
माघ १६, २०८१ बुधबार
बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा
माघ १६, २०८१ बुधबार