डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारीसँग दोहोरो नागरिकता
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १८, २०८० सोमबार ११:४५:१८
![](https://nepalbahas.prixacdn.net/media/albums/meera_kumari_yadav_huc0WuBbIl_i3lyIMwV2q.jpg)
१८ असार, काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादवसँग दोहोरो नागरिकता रहेको खुलेको छ । उपप्रमुख मीराकुमारी र उनकी पति महेन्द्रकुमार यादव भारतीय नागरिक भएको र दुवै जनाले नेपालको नागरिकता लिएकाे पाइएको छ ।
दोहोरो नागरिकता बोकेर गतिविधि गरेको पाइएपछि डाक्नेश्वरीका कृष्णकुमार यादवले कारबाहीका लागि जिल्ला अदालत सप्तरीमा कीर्ते र दोहोरो नागरिकता कसुरमा कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका छन् । दुवै जनासँग भारतीय नागरिकता कायम रहेकाे अवस्थामा झुटा कागजात पेस गरेर नेपाली नागरिकता लिएकाे र साेही आधारमा नेपालभित्र गतिविधि गरिरहेकाे पाइएकाे छ ।
सुरुमा कारबाहीका लागि दिइएको उजुरी प्रहरीले लिन नमानेपछि उच्च अदालत राजबिराज पुगेका कुष्णकुमारको निवेदनमाथि सुनुवाइपश्चात उजुरी दर्ताका लागि आदेश जारी भएपछि प्रहरीले उजुरी लिएको थियो । उजुरीपछि मीरा र महेन्द्र विरुद्ध सरकार वादी भएर नागरिकता कसुरमा मुद्दा दर्ताका लागि पक्राउ पुर्जी लिन निवेदन दिइएको छ । मीराकुमारी २०७९ वैशाख १० मा भएको स्थानीय चुनावमा एमालेबाट निर्वाचित भएकी हुन् । प्रमुख रामलखन मलाह पनि एमालेबाट निर्वाचित हुन् ।
मीरा दम्पत्तिले भारतीय नागरिकता कायम रहेको अवस्थामा नक्कली कागजात पेस गरी सप्तरीबाट नेपाली नागरिकता लिएको खुलेको छ । उपप्रमुख मीरा र उनका पति महेन्द्र भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लाको निर्मली थानास्थित मझारी ग्रामका बासिन्दा रहेको खुलेको छ । उनीहरूले सप्तरीको हाल डाक्नेश्वरी नगरपालिका-६ (साविक औरही गाविस वडा नम्बर–३) ठेगाना भएको झुठो विवरण देखाएर नागरिकता प्रमाणपत्र लिएको पाइएको छ ।
झुठा कागजपत्र पेस गरी जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता लिएको खुलेसँगै उनीहरुविरुद्ध नागरिकता कसुरमा अनुसन्धान तथा मुद्दा दर्ताका लागि निवेदन दिएको सप्तरीका प्रहरीले जनाएको छ । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि पक्राउका लागि बाटो खुल्ने प्रहरीले जनाएको छ । उजुरी परेदेखि नै महेन्द्रकुमार फरार रहेकाे बुझिएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यसम्पादनमा सुदूरपश्चिम उत्कृष्ट, मधेस सबैभन्दा कमजोर
फागुन २, २०८१ शुक्रबार
शिक्षकको अभाव टार्न प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्दै मधेस सरकार
फागुन २, २०८१ शुक्रबार
वन्यजन्तुको बसाइ गाउँबस्ती नजिक, स्थानीय जनता प्रभावित
माघ २८, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार