विश्वविद्यालयमा दलको झोला बोक्नेलाई प्रवेश रोक्न प्रधानमन्त्रीको हस्तक्षेप जरुरी : गगन थापा
नेपालबहस संवाददाता
असार १८, २०८० सोमबार १२:१०:८
१८ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विश्व विद्यालयमा राजनीति दलको झोला बोकेर छिर्ने जोकोहीलाई रोक्न प्रधानमन्त्रीले हस्तक्षेप गरेर रोक्नुपर्ने बताएका छन् । उनले विश्विद्यालयमा राजनीतिक भागबण्डाबाट अलग राख्न सकेमात्र शिक्षाको गुणस्तरीयता कायम हुने बताए ।
सोमबार काठमाडौंमा आयोजित गिरिजाप्रसाद कोइरालाको शतवार्षिक समारोहलाई सम्बोधन गर्दै संघीय सांसद समेत रहेका महामन्त्री थापाले दलको झोला बोकेर विश्वविद्यालय छिर्न रोक लगाउन प्रधानमन्त्री हस्तक्षेप अनिवार्य भएको बताए ।
राजनीतिक दलहरूले भागबन्डाकै कारणले विश्वविद्यालयको स्तर खस्केको उनको भनाइ थियो । विश्वविद्यालयमा राजनीतिक भागबण्डाबाट टाढा राख्न प्रधानमन्त्रीले सशक्त भूमिका खेल्नुपर्नेमा जोड दिए । विश्वविद्यालयका कुलपति प्रधानमन्त्री रहने व्यवस्था छ । मुलुकमा दर्जन भन्दा बढी विश्वविद्यालय रहेका छन् ।
अर्को प्रसंगमा महामन्त्री थापाले भ्रष्टाचारविरुद्धको अभियानमा सरकारलाई साथ दिन आफू सधैं तयार रहेको बताए । ‘भ्रष्टाचारविरुद्धको अभियानमा सिंगो देश र जनता साथमा छ, म आफू पनि जहाँ जतिबेला पनि उभिन तयार छु’ उनको भनाइ थियो ।
दुई हप्तापहिले समाजवादी मोर्चालाई घोषणापछि प्रधानमन्त्री प्रचण्ड र थापाबीच सार्वजनिक मञ्चबाटै घोचपेच चल्दै आइरहेका बेला पहिलोपटक समारोहमा एकै मञ्चमा देखिएका छन् ।
सोही शतवार्षिकी समारोहमा प्रधानमन्त्री प्रचण्डले मुख्य वक्ताको रुपमा कोइरालाको योगदाबारे चर्चा गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
उपप्रधानमन्त्री सिंहद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनको मतदान जारी, ४१ पदका लागि ३७६ जना उम्मेदवार मैदानमा
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
३१ हजार मतदाता रहेको कीर्तिपुर नगरपालिकामा १२ बजेभित्र ११ हजार मत खस्यो
मंसिर १६, २०८१ आइतबार
मध्यान्ह १२ बजेसम्ममा ३८ प्रतिशत मत खस्योः आयोग
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
नासाले बनायो विशेष रोबोट, वृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
मंसिर १६, २०८१ आइतबार
विश्व एड्स दिवसमा चेतनामूलक पदयात्रा
मंसिर १६, २०८१ आइतबार