ललितानिवास जग्गा हिनामिना प्रकरणमा थप २ जना पक्राउ, पक्राउ पर्नेको संख्या ९ पुग्यो
नेपालबहस संवाददाता
असार १८, २०८० सोमबार १४:४५:६
१८ असार, काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा रहेको ललितानिवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रमेशकुमार पोखरेल र देवनारायण महर्जन रहेका छन् ।
उनीहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को विशेष टोलीले सोमबार बिहान काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पोखरेल र महर्जन पक्राउ परेको ब्यूरोका एसएसपी दिनेश आचार्यले बताए ।
महर्जन जग्गा हिनामिनामा नक्कली मोहीका आरोपी हुन् भने पोखरेल जग्गा हिनामिना तानिएका समरजङ कम्पनीका तत्कालीन प्रमुख हुन् । योसँगै जग्गा हिनामिना प्रकरणमा पक्राउ पर्नेको संख्या ९ पुगेको छ ।
यसअघि यसअघि गत मंगलबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, धर्मप्रसाद गौतम, सुधिर शाह र गोपाल कार्की र हिजो आइतबार शिवजी भट्टराई, बाबुराजा महर्जन र नापीका कर्मचारी घमनकुमार कार्कीलाई पक्राउ गरिसकेको छ ।
पक्राउ परेका ३ जनालाई भने अदालतबाट ‘स्टे अर्डर’ लिएका कारण बोलाउँदाका बखत उपस्थित हुने गरी प्रहरीले कागज गराएर छाडेको छ । थुनामा रहेका गुरुङसहित ३ जनाले भने थुनामुक्त हुन पाउन सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराएका छन् । अन्तिम टुंगो लाग्न बाँकी छ । रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सरकारको नाममा कारण देखाउ आदेश दिइसकेको अवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार