कोशी प्रदेशमा नयाँ सरकार गठनमा निर्णायक बन्दै जसपा
नेपालबहस संवाददाता
असार १८, २०८० सोमबार १५:२१:७
१८ असार, काठमाडौं । अल्पमतमा परेको एमाले नेतृत्वको सरकार ढलेपछि नयाँ सरकार गठन प्रक्रियामा एक मत रहेको जनतासमाजवादी पार्टी (जसपा) निर्णायक बनेको छ ।
एमालेसँग राप्रपा मात्र रहेको अवस्थामा इतर दलहरु पहिलो र तेस्रो दल क्रमशः कांग्रेस र माओवादी केन्द्रले अब बन्ने सरकारको नेतृत्वमा दाबी गरिरहेका छन् । एमाले र राप्रपा गरी ४६ मत छन् ।
यद्यपि ९३ मत रहेको कोशी प्रदेशमा सरकार गठनका लागि ४७ मत आवश्यक पर्छ । तर नेतृत्व दाबी गरिरहेका गठबन्धनमा आवद्ध दलहरु कांग्रेस, माओवादी र एकीकृत समाजवादी मिल्दा ४६ मत मात्र पुग्छ ।
गठबन्धनकै घटक रहेका जसपासँग एक मत छ । गठबन्धन वा इतर पक्षले जसले नेतृत्व (मुख्यमन्त्री)मा दाबी गरेपनि अहिलेसम्म जसपासँग रहेको एक मत प्राप्त गर्न सक्नुमा निर्भर छ ।
कोशी नामप्रति असहमति जनाउँदै जसपाले मन्त्री रहेकी निर्मला लिम्बूलाई गठ जेठ १७ गते मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट फिर्ता बोलाइएको थियो ।
यस्तो अवस्थाबीच प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार नै २ वा २ भन्दा बढी दल सम्मिलित बहुमतको सरकार गठनका लागि असार २१ गते बेलुका ५ बजेसम्ममा बहुमत (कम्तीमा ४७ सदस्यको समर्थन) जुटाएर दाबी पेस गर्न आह्वान गरिसकेका छन् ।
निर्णायक बनेका जसपाले प्रदेशको नाम कोशीलाई पहिचानका आधारमा राख्न तयार हुने पक्षलाई मत दिने निर्णय गरेको छ । कोशीमा नयाँ सरकार गठनको विषय पेचिलो बन्दै गर्दा कोशीका राजनीतिक दलहरु केन्द्रको मुख ताकिरहेका छन् । केन्द्र सरकारको समिकरणअनरुप बनाउँदा कांग्रेस या माओवादी केन्द्रको नेतृत्वमा सरकार बन्ने अवस्था देखिन्छ ।
यस्तो अवथाबीच प्रधानमन्त्री प्रचण्डले आज दिउँसो ४ बजे बालुवाटारमा गठबन्धन दलहरुको बैठक बोलाएका छन् । बैठकमा कोशी प्रदेश सरकार गठनका विषय मुख्य एजेण्डा रहने स्रोतको भनाइ छ ।
गठबन्धनमा एमाले, राप्रपा, रास्वपा र नेमकिपाबाहेक ८ दल आवद्ध छन् । कोशीमा रास्वपा, राजमो, नेमकिपा, नाउपाका सांसद छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार
असदको पतन रुसका लागि ‘पराजय’ होइन: पुटिन
पुष ४, २०८१ बिहिबार
मध्पुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार